पोखरा : रोटर्याक्ट क्लब अफ न्यूरोड पोखराले हिमाली बाल कल्याण संरक्षण मञ्च पोखरालाई सहयोग गरेको छ । क्लबले राष्ट्रिय बाल दिवस तथा विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर कार्यक्रम गरेको हो ।
क्लबले एक कार्यक्रमको आयोजना गरेर पोखरा १८ भकुन्डे स्थित बाल कल्याण संरक्षण मञ्चलाई प्राथमिक उपचार किट बक्स र खेलकुद सामग्री हस्तान्तरण गरेको जनाएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा रोटर्याक्ट क्लब न्यूरोडका अध्यक्ष श्रीनाथ वाग्ले सँगै लक्ष्मी वाग्ले, कुशल बराल, विजय सुवेदी, सागर पौडेल, प्रजिता खनालको उपस्थिति रहेको थियो ।
हिमाली बाल संरक्षण मञ्चका कृष्ण कुमार राजवाहकको समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रममा ८० जना बालबालिका सहभागी बनेका थिए ।