सुचना, समाचार र मनोरन्जन

लोकसभा चुनावमा १५ कलाकारमध्यै ११ विजयीे,हेमा मालिनीले ल्याई सबैभन्दा धेरै मत

एजेन्सी : भारतको लोकसभा चुनाव २०२४ को ५४२ सीटको नतिजा सार्वजनिक भएको छ। यसपटक १५ जना सेलिब्रेटीले लोकसभा चुनाव लडेका थिए, जसमध्ये ११ जना सेलिब्रेटी विजयी भएका छन्। अन्य चार जनाले चुनावमा पराजित भएका छन्। लोकसभाको चुनावमा अभिनेत्री कंगना रनौत, हेमा मालिनी, शत्रुघ्न सिन्हा, रवि किशन, मनोज तिवारी लगाय विजयी भएका छन्। यता भोजपुरी स्टार पवन सिंह र निरहुआले चुवानमा नराम्ररी हारेका छन्।

यस चुनावमा सबैभन्दा धेरै मत अर्थात २ लाख ९३ हजार ४०७ मतले हेमा मालिनी विजयी भएकी छन्। उनले राम्रो मत परिणाम लिएर चुवान जित्दा उता राज बब्बर र निरहुआ जस्ता कलाकारहरु पराजीत भए। ड्रीम गर्ल हेमा मालिनीले उत्तर प्रदेशको मथुरा सिटबाट भाजपाको टिकट पाएकी थिइन्। उनको अगाडि कांग्रेस नेता मुकेश धनगरको केहि सिप लागेन। हेमाले उनलाई हराएकी हुन्।

यता अभिनेत्री कंगना रनौतले कांग्रेस नेता विक्रमादित्य सिंहलाई पराजित गरेकी छन्। हिमाचल प्रदेशको मण्डीबाट भाजपाको टिकट पाएकी कंगनाले कांग्रेसलाई राम्रो मत ल्याएर हराएकी हुन्। अकाृए कलाकार शत्रुघ्न सिन्हाले पनि विजयी भएका छन्। उनले टीएमसीका तर्फबाट पश्चिम बंगालको आसनसोल सिटबाट भाजपा नेता एसएस अहलुवालियालाई ५९,५६४ मतले पराजित गरेका हुन्।

यहि वर्षको चुनावमा सहभागी भएका चर्चित टेलिभिजन शो रामायणमा भगवान श्रीरामको भूमिका खेलेर चर्चित बनेका अभिनेता अरुण गोविल उत्तर प्रदेशको मेरठबाट विजयी भएका छन्। भाजपाको टिकटमा चुनाव लडेका अरुण गोविलले सपा नेता सुनिता वर्मालाई १०,५८५ मतले हराएका छन्। अहिले उनको ठाउँमा अरुणको विजयी जुलुस निकाल्ने काम भइरहेको भारतिय सञ्चारमाध्यमले जनाएका छन्।
अभिनेता तथा पार्श्व गायक सुरेश गोपी पनि केरलाको त्रिशूर सिटबाट चुनाव जितेका छन्। उनले कम्युनिस्ट पार्टीका नेता वी.एस. सुनिल कुमारलाई हराउदै विजेता बनेका हुन्।

उत्तरपूर्वी दिल्ली सीटमा भारतीय जनता पार्टीका तर्फबाट उम्मेदवार मनोज तिवारीले कांग्रेस नेता कन्हैया कुमारलाई हराएका छन्। मनोजले १३ हजार ७ सय ७८ मत प्राप्त गरि विजयी भएका हुन्। भोजपुरी स्टार रवि किशनले समाजवादी पार्टीकी नेतृ काजल निषादलाई पराजित गर्दै विजयी भएका छन्। उत्तर प्रदेशको गोरखपुर सिटबाट उनी उमेदवारमा उठेका थिए।

पश्चिम बंगालको जादवपुरबाट अभिनेत्री सयोनी घोषले चुनाव लडेकी थिइन्। उनले पनिभाजपा नेता अनिर्बान गांगुलीलाई २,५८,२०१ मतले ल्याएर पराजित गरेकी छन्। बंगाली सिनेमाकी अभिनेत्री शताब्दी रोयले भाजपा नेता देवतनु भट्टाचार्यलाई ठूलो अन्तरले पराजित गरेकी छन् । अभिनेत्री तृणमूल कांग्रेसको टिकटमा पश्चिम बंगालको वीरभूमबाट चुनाव लडेकी थिइन्।

बंगाली अभिनेत्री रचना बनर्जी पश्चिम बंगालको हुगली सिटमा विजयी भएकी छन् । उनले तृणमूल कांग्रेसको तर्फबाट चुनाव लडेकी थिइन् । उनको विपरीत अभिनेत्री तथा राजनीतिज्ञ लकेट चटर्जी थिइन् । बंगाली सिनेमामा देव भनेर चिनिने अभिनेता अधिकारी दीपकले पनि पश्चिम बंगालको घाटाल सिट जितेका छन् । तृणमूल कांग्रेसको तर्फबाट चुनाव लडेका अभिनेताले भाजपा नेता हिरण्मय चट्टोपाध्यायको सामना गरिरहेका थिए।

यी सेलिब्रेटीले पराजय भोग्नुप¥यो

वरिष्ठ अभिनेता राज बब्बरले हरियाणाले लोकसभा चुनावको चुनावमा नराम्ररी हारेका छन्। उनी गुरुग्रामबाट चुनाव लडेका थिए । उनको अगाडि भाजपा नेता राव इन्दरजीत सिंह थिए। राव इन्दरजीत सिंहले राज बब्बरलाई ७५०७९ मतले पराजित गरेका हुन् ।

भोजपुरी स्टार पवन सिंह बिहारले पनि चुनाव हारेका छन्। कराकट सिटबाट ९९ हजार २५६ मतले उनी पराजित भएका छन् । उनी कराकतबाट स्वतन्त्र उम्मेदवार बनेका थिए। यस सिटमा कम्युनिष्ट पार्टीका नेता राजाराम सिंह विजयी भएका छन्। भारतीय जनता पार्टीबाट चुनाव लडेका दिनेशलाल यादव निरहुआ पनि १ लाख ६१ हजार ३५ मतले पराजित भएका छन्। उनको प्रतिष्पर्धामा सपा नेता धर्मेन्द्र यादव थिए ।

Leave A Reply

Your email address will not be published.