काठमाडौँ :
कहिलेकाँही नाम जुधेर विभिन्न समस्याले हैरान हुन्छन्। यस्तै समस्यामा परेका छन् कमेडी च्याम्पियनका बिजेता हिमेश पन्त । केहि दिन यता ‘हिमेश’ नाम गरेका एक जना व्यक्तिकी श्रीमति कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ। युटुबर हिमेश नाम गरेका ति व्यक्तीले श्रीमती कुटेको भिडियो भाइरल भएपछि यता कमेडियन ‘हिमेश पन्त’लाई गाली गर्नेको ओइरो छ।
आफुले सामाजिक सञ्जालमा म्यासेज गरेर गाली गर्न थालेपछि आफ्नो विवाह नभएको र श्रीमति नकुटेको भन्दै स्पस्टिकरण दिएका छन्। पन्तले बुधवार सामाजिक सञ्जालमा स्ट्याटसमा लेखेका छन्, ‘हिमेश नाम गरेको एक जना पत्रकारले श्रीमति कुटेको भन्ने भिडियो क्लिप बाहिरिएको रहेछ । हिजो देखी मेरो इनबक्समा गालीका मेसेजहरू आइरहेका छन् । म स्पष्ट पार्न चाहन्छु कि, पहिलो कुरा त मेरो बिहे नै भएको छैन । दोस्रो कुरा म कुनै पनि घरेलु हिंसालाई समर्थन गर्दिन । धन्यवाद ।’
एक वर्षअघि वर्षा राउतले भारतियलाई सामाजिक सञ्जालमा गाली गर्दा मेरो साथीहरु रिसाउँछन् भन्दा अर्की अभिनेत्री वर्षा शिवाकोटीले गाली खानु परेको थियो। त्यस बेला वर्षा शिवाकोटीले तपाईले गाली गरेको मान्छे म होइन भन्दै स्पस्टिकरण दिनु परेको थियो। कहिलेकाँही नामले गर्दा पनि नेपाली सेलिब्रेटीहरुले गाली खाँदै आएका छन्।