सुचना, समाचार र मनोरन्जन

पोखरामा ढकालको कविता सङ्ग्रह ‘हिउँका गुच्छाहरू’

पोखरा :

कवि शिबु ढकालको कविता सङ्ग्रह ‘हिउँका गुच्छाहरू’ शनिवार पोखरामा लोकार्पण गरिएको छ । शनिबार गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गरेका हुन्।

Gokarna Karki

कृति लोकार्पणपछि रुभक्तले शिबु ढकालका कविताले दर्शन बोकेको धारणा व्यक्त गरे। उनले कविले आफू जस्तो परिवेशमा हुर्कियो त्यस्तै भाव कवितामा उतारेको बताए। समालोचकहरूले आफ्ना दृष्टिकोण जसरी राखे पनि लेखनमा निरन्तर लाग्नुपर्नेमा समेत जोड दिए।

कृतिको समीक्षा गर्दै डा. बाबुराम अधिकारीले शिबुका कवितामा नेपाली समाजको सग्लो चित्र रहेको बताए। उनले समाजमा रहेका हरेक घटनालाई कविले छर्लङ्ग कवितामा उतारिएको विचार राखे। उनले कवितामा आएका चिन्तन परिपक्व रहेको भन्दै ढकालको लेखनले केही मात्रामा बौद्धिक पाठकको अपेक्षा गर्ने टिप्पणी गरे।

कवि शिबु ढकालले आफूले जीवनमा देखेभोगेका कुरालाई कवितामा उतारेको बताए। उनले समाजमा जे जस्ता कुराहरु रहेका छन् तिनलाई कवितामार्फत प्रस्तुत गरेको सुनाए। ढकालको यसअघि ‘क्वेस्ट फर भर्जिनिटी’ नामक अङ्ग्रेजी उपन्यास प्रकाशित भइसकेको छ। गीतकार प्रतिष्ठानका उपाध्यक्ष अनुराग अधिकारीको अध्यक्षता तथा सचिव रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा मिलन तिमिल्सिनाले स्रष्टा परिचय र शिवलाल उपाध्यायले शुभकामना मन्तव्य दिएका थिए । जम्मा ६१ ओटा कविता सङ्गृहीत कृतिको प्रकाशन पेज टर्नर प्रा. लि. ले गरेका हो ।

Leave A Reply

Your email address will not be published.