सुचना, समाचार र मनोरन्जन

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज युएईसँग खेल्दै

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय श्रृङ्खलामा नेपालले आज युएईसँग खेल्दैछ । खेल आईसीसी एकेडेमी ग्राउण्डमा विहान सवा ११ बजे हुनेछ ।

यसअघि गएको आइतवार नेपाल अमेरिकासँग एक सय ६ रनले पराजित भएको थियो । नेपाल १७ खेलमा १२ अंकसहित सातौँ स्थानमा छ ।

अमेरिका २२ खेलमा ३२ अंकसहित तालिकाको शीर्षस्थानमा छ । १७ खेलमा ६ अंक रहेको युएई पुछारमा छ । नेपाल, अमेरिका र युएईबीच यो श्रृङ्खला चलिरहेको हो ।

Leave A Reply

Your email address will not be published.