सुचना, समाचार र मनोरन्जन

पोखरा र हेम्जाकोटमा फिल्म ‘इश्वर’ को छायाँकन सकियो

काठमाडौं :

राजु गिरीको निर्देशन रहेको फिल्म ‘इश्वर’ को छायाँकन २७ दिनमा सकिएको छ। निर्माण पक्षले शनिबार फिल्मको छायांकन सकिएको जानकारी दिएको हो।

Gokarna Karki

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ध्रुब थापा अनु शाह,पृथ्वीराज प्रसाईं,कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला,माओत्से गुरुङ, रबिन्द्र झा,बुद्धि लामा, शिशिर वाङ्देल र गीता अधिकारीको अभिनय रहेको छ ।दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् ।

हरिबहादुर थापा र शंकर गिरी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र वीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व छ । फिल्मको सम्पूर्ण छायांकन पोखरा र हेम्जाकोटमा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.