पोखरा/
पोखराको गैरापाटन-४ मा फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टरको उद्घाटन गरिएको छ। सेन्टरमा बाँझोपनको उपचारमा नवीनतम प्रविधिको प्रयोग गर्दै दम्पतीहरूलाई अभिभावकत्वको यात्रा सुरू गर्न नयाँ आशा प्रदान गर्दछ।
अभिनव प्रविधिबाट सुसज्जित यो केन्द्रले उच्चस्तरीय सेवा र सफलता दर सुनिश्चित गर्न विशेष ध्यान दिएको छ। नेपाल सरकारद्वारा मान्यता प्राप्त विशेषज्ञहरूद्वारा सबै प्रक्रियाहरू गरिने हुँदा यो केन्द्रले भरोसायोग्य र व्यावसायिक सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।
फर्टिलिटी उपचारको अलावा, फिस्टेल सेन्टरले युरोलोजिस्ट, मानसिक स्वास्थ्य विशेषज्ञ, फिजिसियन, र अन्य विशेषज्ञहरूको बहुप्राविधिक टोलीमार्फत समग्र स्वास्थ्य सेवाहरू एकै छानामुनि उपलब्ध गराउँछ। यस प्रकारको एकीकृत सेवाले समय र खर्च बचाउनुका साथै बिरामीहरूको सुविधालाई पनि प्राथमिकतामा राख्छ।
उद्घाटन कार्यक्रममा बोल्दै फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टरका अध्यक्ष डा. अनु हिराचनले , केन्द्र खोल्नुको मुख्य उद्देश्य बाँझोपनबाट पीडित दम्पतीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै उनीहरूको जीवनमा खुसीको उज्यालो थप्नु भएको बताइन। हामी अत्याधुनिक प्रविधि र योग्य विशेषज्ञहरूसँगै उच्च सफलता दरको उपचार सुनिश्चित गर्छौं” उनले भनिन ।
फिस्टेल सेन्टरका संस्थापकहरूमा डा. राजीव लालचन र फिस्टेल अस्पताल पनि रहेका छन्। डा. राजीवले आफ्नो भनाइमा भने, “यो केन्द्रले पोखरा र आसपासका क्षेत्रका जनतालाई अन्तर्राष्ट्रिय स्तरको उपचार सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। एकीकृत स्वास्थ्य सेवा प्रणालीबाट समय र खर्च बचाउन सहयोग पुग्नेछ।”
फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टरले बाँझोपनको समस्याबाट गुज्रिरहेका दम्पतीहरूलाई प्रभावकारी समाधान मात्र प्रदान गर्दैन, उनीहरूको जीवनमा नयाँ खुसीको उज्यालो पनि थप्छ।
पोखरा र आसपासका क्षेत्रका जनताले विश्वस्त र गुणस्तरीय स्वास्थ्य सेवाको फाइदा उठाउन पाउने यो केन्द्रले आधुनिक चिकित्सा सेवाको नयाँ अध्याय प्रारम्भ गरेको छ।