काठमाडौं । मुलुकको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले फिल्म ‘जारी २’ लाई सुपरहिट को मान्यता दिएको छ। पाँच करोडा भन्दा माथी ग्रस कलेक्सन गर्ने फिल्मलाई क्युएफएक्सले सुपरहिटको ट्याट दिदै आएको थियो। यो फिल्मले कति ग्रस कलेक्सन गर्यो भन्ने यकिन नभएता पनि शुक्रबार दिउँसोबाट यो फिल्मको आफ्नो आधिकारिक वेबसाइडमा ‘जारी २’लाई सुपरहिट भनेको छ।
उपेन्द्र सुब्बा निर्देशित र अभिनित फिल्म ‘जारी २’ले पहिलो हप्ता न्युन ग्रस कलेक्सन गरेको थियो। पहिलो सप्ताहन्तमा १ करोड ५० लाख रुपैयाँ ग्रस कमाई गरेको थियो। कुनै फिल्मले पहिलो हप्ता ‘ब्लकबस्टर’ र कुनै फिल्मले पहिलो साता सोही बराबरको कमाइ गरे त्यसलाई ‘सुपरहिट’ घोषणा गर्ने क्यूएफएक्सको मापदण्डमा रहेको बताएको छ।
कवि तथा लेखक उपेन्द्र निर्देशित फिल्म ‘जारी २’मा दयाहाङ राई,मिरुना मगर,विजय बराल,सिर्जना निङलेखु लगायतका कलाकारहरुको अभिनय रहेको छ। यसअघि प्रदर्शन भइरहेको फिल्म ‘जेरी अन टप’लाई क्युएफएक्सले सुपरहिट भनिसकेको छ।