सुचना, समाचार र मनोरन्जन
Sarangi

जनप्रिय बहुमुखी क्याम्पसको २६ औँ साधारण सभा सम्पन्न

पोखरा/

जनप्रिय बहुमुखी क्याम्पसको २६ औँ साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ ।

प्रमुख अतिथि एवम् क्याम्पसका सम्मानार्थ संरक्षक रञ्जन तुलाचनले जनप्रियको शैक्षिक पिपलबोटले हजारौँ विद्यार्थीलाई शिक्षाको उज्यालो र शितलता दिएकाले लोकप्रिय भएको बताए । तुलाचनले ३३ वर्ष सामुदायिक शिक्षामा निरन्तरता दिएको क्याम्पस अकबरी सुन जस्तै मूल्यवान भएकोले आवश्यक परेको खण्डमा क्याम्पसलाई सहयोग गर्न प्रतिवद्ध रहेको जनाए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरन्द्रनारायाण विजुक्छेले क्याम्पसलाई मानित विश्वविद्यालय उन्मुख बनाउन नीतिगत, भौतिक र शैक्षिक सुधार गरेको जानकारी दिँदै क्याम्पसको हितका लागि आफू दुई कदम पछि हट्न तयार रहेको बताए ।

क्याम्पस सञ्चालन नियमावली २०५४, सातौँ संशोधन २०७६ को नियम ७.३ (२) अनुसार बसेको २४ औं साधारण सभामा आर्थिक वर्ष २०८०/०८१ को आर्थिक प्रतिवेदन, आ.व. २०८१/०८२ को प्रस्तावित बजेट कोषाध्यक्ष गणेशबहादुर अधिकारीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन साधारणसभामा छलफलपछि पारित भएको छ भने निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले प्रस्तुत गरेको २०८०/०८१ वार्षिक प्रगति प्रतिवेदन र प्रस्तावित नीति तथा कार्यक्रम अनुमोदित भएको छ ।

साधारणसभामा संस्थापक उपाध्यक्ष हरिप्रसाद बराल, पूर्व कार्यवहाक अध्यक्ष परशुराम बराल, सल्लाहकार डा. वीरबहादुर कार्की, सिनेटर शोभाकान्त न्यौपाने, बसन्त चालिसे लगायतका वक्ताहरूले क्याम्पसलाई राजनीतिक रङ्गमञ्चभन्दा पर राखी दक्ष र श्रमबजारलाई चाहिने शैक्षिक जनशक्ति उत्पादनमा जोड दिन अनुरोध गर्दै शुभकामना मन्तव्य राखेका थिए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ध्रुवराज चालिसेले धन्यवाद मन्तव्य राखेका थिए भने सिर्जना विकास केन्द्रका अध्यक्ष एवम् क्याम्पस व्यवस्थापन समितिका सदस्य विष्णुप्रसाद बरालले सभा सञ्चालन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.