काठमाडौं :
अभिनेता सोलन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको फिल्म ‘जय हो’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । समिक्षक र दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको यो फिल्मले दोस्रो सातामा प्रवेश गरेको हो ।
पहिलो हप्ताका फिल्मले केही हलमा हाउसफुल व्यापार समेत गरेको थियो। दोस्रो सातामा यो फिल्म देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स, आईएनआई, बिएसआर, एफक्युब, विश्वज्योति, अष्टनारायण र गोपीकृष्ण हलमा प्रदर्शन भैरहेको प्रस्तुतकर्ता शोभित बस्नेतले बताए ।
फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । । सुरज ल्वागन सरकार र राज के अधिकारीको लगानीमा निर्माण भएको फिल्ममा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।
शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।
सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।