सुचना, समाचार र मनोरन्जन

‘झोला’निर्देशकको निर्देशनमा बनेको फिल्म ‘झिल्को’को बुकिङ खुल्यो

काठमाडौं :

भोलीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झिल्को’को अग्रिम बुकिङ खुला भएको छ। निर्माण टिमले फिल्म प्रदर्शनमा आउनु १ दिन अघि अग्रिम बुकिङ खुल्ला गरेको हो।

यो फिल्मले पछिल्लो डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरबारे संवेदनशील कथालाई भन्ने निर्मण पक्षको भनाई छ। यसअघि सार्वजनिक भएको फिल्मको ट्रेलरले स्मार्टफोनको लतले निम्त्याउने पारिवारिक विखण्डन, अभिभावकको बेवास्ता, र अभिभावक – सन्तानबीच बढ्दो दूरी जस्ता समस्यामाथि केन्द्रित कथा प्रस्तुत गरेको थियो।

यस फिल्ममा सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत र बालकलाकार आयुषी ढकाल,जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको मुख्य भुमिका रहेको छ।

मिडिया फर कल्चर प्रा.लि. को ब्यानरमा निर्माण भएको यस फिल्ममा छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन्। फिल्मको कथा तथा पटकथा यादवकुमार भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन्।

‘झिल्को’का कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् । यो फिल्म जनता टिभीको सहकार्यमा निर्माण गरिएको हो।

Leave A Reply

Your email address will not be published.