सुचना, समाचार र मनोरन्जन

पाँचौँ ज्योति फिल्मस् म्युजिक अवार्ड २०८० का उत्कृष्ट ५ मनोनयन सार्वजनिक

काठमाडौं :

पाँचौँ ज्योति फिल्मस् म्युजिक अवार्ड २०८० का उत्कृष्ट ५ मनोनयन सार्वजनिक भएको छ। आयोजकले मंगलबार मनोनय सार्वजनिक गरेको हो। जाजरकोट र रुकुम भुकम्प पिडितको सहयोगार्थका लागि केहि दिन अघि अवार्ड घोषणा भएको थियो।

सोही अनुसार उत्कृष्ट ५ का गीत तथा कलाकारहरु छनोट भएका हुन्। आयोजकका अनुसार रोयल मुभिज प्रा.लि.को प्रस्तुति र सिन्धुपाल्चोक सेवा समाज यू.ए.ई.) को सहकार्यमा १७ डिसेम्बर, २०२३, याक एण्ड यति ग्राण्ड एस्टोरिया होटल बर दुबईमा सम्पन्न हुनेछ।

जम्मा ३३ बिधा रहेको यस अवार्ड यसपटक जाजरकोट र रुकुम भुकम्प पिडितको सहयोगार्थका लागि आयोजना हुँदैछ । रोयल मुभिज प्रा.लि.को प्रस्तुति र सिन्धुपाल्चोक सेवा समाज यू.ए.ई.) को सहकार्यमा पुस १ (१७ डिसेम्बर, २०२३)मा याक एण्ड यति ग्राण्ड एस्टोरिया होृटल बरदुबईमा आयोजना हुने रोयल मुभिजका अध्यक्ष निरेन श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार नेपालबाट झण्डै ३० जनाको कलाकार र आयोजकको टिम अवार्ड समारोहका लागी दुबई जाने तयारी भइरहेको छ । अवार्डको आयोजक समितिमा अध्यक्ष निरेन श्रेष्ठ, कार्यक्रम संयोजक राजेन्द्र पुरी, उपाध्यक्ष रमेश श्रेष्ठ, कोषाध्यक्ष उमादेवी श्रेष्ठ, सचिव अस्मिता धमला, सदस्यहरु पूर्णिमा घिसिङ, तारा भण्डारी, बि.एन नारायण बहादुर र केशब राना रहेका छन् ।

Leave A Reply

Your email address will not be published.