काठमाडौंँ :
चलचित्र बिकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवद्र्धन समिति’का संयोजक ज्योतीराज राईले फिलम निर्माण अघि अध्यायन र अनुसन्धान हुन आवश्यक रहेको बताएका छन्। उनले अध्ययन र अनुसन्धान सहित फिल्म पिनर्माण गर्नुपर्ने बताए।
उनका अनुसार यसरी निर्माण भएको फिल्मको बजार प्रवद्र्धनमा सजिलो हुन्छ। शनिबार बुटवलमा मातृभाषी फिल्म प्रवद्र्धन समिति आदिवासी र जनजाती चलचित्र महासंघको आयोजना र मगर चलचित्रकर्मी संघ रुपन्देहीको सह–आयोजनामा आयोजित मातृभाषी चलचित्रको निर्माण प्रवद्र्धन बजारीकरण विषयक अन्तर्कृयामा बोल्दै राईले यस्तो धारणा राखेका हुन्।
चलचित्र विकास बोर्डको सहयोगमा रहेका संयोजक राईले आदिवासी र जनजाती फिल्मको प्रवद्र्धनको लागी समिती गठन भैसकेकोले आगामी दिनमा फिल्मको बजारीकरण सहज हुने दावी गरे ।
‘आदिवासी जनजाती चलचित्रहरु फेस्टिवल र च्यारिटीमा मात्र सिमित नभएर अन्य चलचित्रहरुसँग पनि प्रतिस्पर्धामा जाने गरेका छन्’, उनले भने,‘त्यसैले फिल्म निर्माण गर्दा आदिवासी जनजातीहरुको भावनामा ठेस लाग्ने, उनीहरुको भाषा कला, साहित्य र संँस्कृतिमा आच आउने कुरामा ध्यान दिनपर्छ ।’
फिल्म मार्फत नयाँ पुस्तामा संस्कृति सिकाउने भएकाले पनि चलचित्र निर्माण गम्भीर हुनुपर्नेमा उनले जोड दिए। कार्यक्रममा आदिवासी चलचित्रकर्मी महासंघका अध्यक्ष पुर्खाजीत राईले आदीवासीहरु नेपालका मुलवासी भएकाले आफुहरुको भाषा नै नेपालको मुल भाषा भएको बताए। उनले आदीवासीका भाषामा बनेका फिल्मलाई विश्व बजारमा पुर्याउने काम महासंघको रहेको बिचार राखे।
कार्यक्रममा मातृभाषा र सामुदायिक मुद्दामा आधारित फिल्म निर्माण, निर्देशन र प्रवद्र्धनमा विशेष योगदान पुर्याउने मेजन पुन मगर, धनबहादुर गुरुङ र छबिलाल(कोपिला) चौधरीलाई सम्मान समेत गरिएको कार्यक्रममा कलाकार तथा निर्माता धनबहादुर गुरुङले सरकारले जनजातीहरुको भाषा संस्कृतिलाई दमन गरेकै कारण आदीवासीहरुको कथामा निर्माण गरिएको फिल्महरुले बजार पाउन नसकेको आरोप लगाए ।