सुचना, समाचार र मनोरन्जन
Sarangi

मेला, महोत्सवमा व्यस्त थापा र काफ्ले

काठमाडौं :

पछिल्ल्लो समय मेला, महोत्सवमा अत्याधिक खोजि हुने कलाकारहरुमा गायक नारायण थापा र मोडल प्रतिक्षा काफ्ले पनि पर्छन् । २०८१ जेष्ठ २४ देखि असार २ गतेसम्म चल्ने प्रथम बृहत मण्डनदेउपुर नगरपालिका कृषि पर्यटन तथा साँस्कृतिक महोत्सवमा लोकप्रिय गायक नारायण थापाले तिमिलाई नै सँधै लगायत आफ्ना चर्चित गीतहरु पस्केर सबैलाई मनोरञ्जन दिलाउन सफल भएका थिए ।

 चर्चित मोडल प्रतिक्षा काफ्लेले बिमल राज क्षेत्री र अञ्जु पन्तको बुट्टे रुमालैमा छ मन्द मन्द बोलको गीतमा आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन । मोडल प्रतिक्षा काफ्लेले आफ्नो धमकेदार नृत्यकलाले उपस्थित दर्शकलाई मोहित पारेकी थिइन् । हिगुवापाटी, काभ्रेपलाञ्चोक स्थित जेष्ठ २२ गतेको कार्यक्रममा गायक थापा र मोडल काफ्लेको साथमा जितु लोप्चन, भगवान खत्री, रास्कोटी मगर, द वान स्टार डान्स ग्रुप ‘बुटवल’को प्रस्तुति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.