सुचना, समाचार र मनोरन्जन

फिल्म ‘लाज शरणम्’मा टेलिफिल्मका अधिकांश कलाकार : खुपीका बाउ,बलेपछि भित्रिए कक्रोज

काठमाडौं :

यतिवेला ‘सक्किगोनि’ टिमले निर्माण गर्ने फिल्म ‘लाज शरणम्’को कलाकार छनोट र प्रि–प्रोडक्सनको काम धमाधम भैरहेको छ। एकपछि अर्को कलाकारको प्रवेश सिनेमामा धमाधम भैरहेको छ। फिल्ममा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने देखिएको छ।

गत साउनमा फिल्मका लेखक तथा निर्देशक कुमार कट्टेलको जन्मदिनको अवसरमा औपचारिक निर्माण घोषणा गर्दा फिल्ममा ‘सक्किगोनि’ टिमबाट सागर लम्साल (बले), अर्जुन घिमिरे (पाँडे), र कमलमणी नेपाल (खुपीका बाउ)को अभिनय रहने जानकारी दिइएको थियो। आफ्नो टिम बाहिरबाट मुकुन्द श्रेष्ठ, विजय बराल र माला लिम्बुको अभिनय रहने फाइनल थिए। बाँकी कलाकारको जानकारी विस्तारै दिने बताइएको थियो।

त्यससँगै निर्माण टिमले एकपछि अर्को कलाकार अनुबन्धित गर्दै गइरहेको छ। अहिलेसम्म फिल्म रामभजन कामत, बबिन राई (गल्फने बाजे), प्रियना आचार्य (मुन्नी)‘सक्किगोनि’ टिमबाट र बाहिरबाट अभिनेता महेश दवाडी र अभिनेत्री रेनु नाथ योगी अनुबन्धित भैसकेका छन्।

यसैबीच फिल्म  हरिष निरौला (कक्रोज) अनुबन्धित भएका छन्। निर्माण टिमले बिहीबार फिल्म कक्रोजको पनि अभिनय रहने जानकारी दिएको हो । आगामी भदौ तेस्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्म फागुन १४ गते महाशिवरात्रीको अवसरमा नेपालभरका फिल्म हलमा रिलिज हुनेछ। जेपिटी क्रियसनको ब्यानरमा निर्माण हुने फिल्ममा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह–निर्माताको रुपमा रहेका छन्।

Leave A Reply

Your email address will not be published.