सुचना, समाचार र मनोरन्जन

काकुको परानलाई झरीको मार,निराश छैनन् कलाकार 

काठमाडौँ :

शुक्रबार हलमा लागेको फिल्म ‘परान’लाई दर्शकले मन पराए। कतिपय हलमा धुरु धुरु रोइरहेका छन्। तर देशभर परेको झरिका कारण फिल्ममा दर्शक जान नसक्दा कलाकार तथा निर्देशक दीपक प्रसाद आचार्य (काकु),अभिनेत्री पूजा चन्द निराश बनेका छैनन्। उनीहरुले फिल्मलाई  प्रदर्शनमा आएकै दिनबाट उत्साह रुपमा मन पराएको दाबी गरेका छन्।

काकुले आफ्नो डेब्यु फिल्मलाई झरिले साथ नदिएको उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत हेर्ने दर्शकले उत्कृष्ट भनेता पनि झरिले साथ नदिदा मारमा परिएको भाव व्यक्त गरेका छन्।

यस फिल्मकी मुख्य कलाकार पुजा चन्दले प्रतिकूल मौसमका बाबजुद पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएको बताईन्। यतिबेला हल भिजिटमा समेत खटिएकी उनले दर्शकहरूसँगै फिल्म हेरेपछि  मौसमले पूर्ण साथ नदिए पनि दर्शकको प्रतिक्रियाबाट औधीँ खुसी भएको सुनाईन्। उनी यहि फिल्मको प्रिमियर र प्रदर्शनका लागि २ दिनअघि अमेरिकाबाट नेपाल आएकी थिइन्।

उनले मिडियासँगको कुराकानीमा भनिन्,‘वेदरले चाहिँ एकदम साथ दिइरहेको छैन। आशा छ आजदेखि राम्रो हुन्छ होला, अनि दर्शकहरू हलमा अझ धेरै झुम्मिने क्रम बढ्छ होला।’

उनले थपिन्,‘किनभने दर्शकहरू जति पनि आउनु भएको छ, आएर पनि उहाँहरूले जुन प्रतिक्रिया दिनुभएको छ, जति पनि अहिले सोसल मिडियामा कभरेज भएको छ।’

फिल्मलाई दीपकले नै लेखेका हुन् भने यस फिल्ममा नीर शाह,पुजा चन्द,केकी अधिकारी,अन्जना बराईली, मदनकृष्ण श्रेष्ठ,महेश त्रिपाठी, प्रवीण खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ लगायतले अभिनय गरेका छन्। फिल्मले बुबाआमा र छोराछोरीबीचको साथका बारेमा आफ्नो कथा भन्छ। जुन नेपालमा पछिल्लो समय अभाव खट्किीदै गएको अवस्था छ।

Leave A Reply

Your email address will not be published.