सुचना, समाचार र मनोरन्जन
Sarangi

सामुदायिक सेवा केन्द्र एवम् प्रहरी सेवा पृथ्वीचोकको नयाँ कार्यसमिति गठन

पोखरा ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको नयाँ कार्यसमिति गठन भएको छ । अध्यक्षमा कमल श्रेष्ठ चयन भएका छन् । पोखरा ९— पृथ्वीचोकमा रहेको संस्थाको २३ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्ष पदमा मुना बास्तोला, सचिव पदमा उत्तम जोसी, कोषाध्यक्ष पदमा तीर्थ शर्मा ढकाल, सह–सचिवमा सिमा राई लगायतका सदस्यहरु सर्वसम्मत चयन भएको जनाइएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रहरी नायव महानिरिक्षक बुद्दिराज गुरुङले नेपाल प्रहरी र समुदाय बिचको सम्बन्ध अपरिहार्य रहेको बताए । उनले समुदायको सहयोगले नेपाल प्रहरीको क्रियाशीलतामा टेवा पुग्ने उल्लेख गरे । निवर्तमान अध्यक्ष धर्मदत्त आचार्यले समुदायमा सकरात्मक धारणा फैलाउने कामले खुशी मिलेको बताए । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा मार्फत निकै आनन्द प्राप्त भएको बताए ।
कार्यक्रममा पोखराका अग्रज समाजसेवी भक्तराज श्रेष्ठलाई सामुदायिक वर्ष पुरस्कार बाट सम्मान गरिएको छ भने संस्थाका पुर्व अध्यक्ष बिपिन अधिकारीलाई सामुदायिक वर्ष व्यक्ति बाट सम्मान गरिएको छ ।

यसका साथै २०७९ सालको एसईई परिक्षामा उत्कृष्ट अंक ल्याई पास भएका आजिवन सदस्यहरुका सन्ततिलाई समेत पुरस्कार वितरण गरिएको छ । समितिभन्दा बाहिर रहेर संस्थाका कार्यक्रमहरु सफल बनाउन आर्थिक वा भौतिक रुपमा सहयोग गर्ने प्रहरी कर्मचारी, विभिन्न संस्था, आमा समुह लगायतलाई समेत प्रशंसा पत्र प्रदान गरिएको छ ।

अध्यक्ष कमल श्रेष्ठ

Leave A Reply

Your email address will not be published.