काठमाडौं :
तीन दशक अघि प्रदर्शनमा आएको बलिउड फिल्म ‘करण अर्जुन’ पुनः प्रदर्शन हुने भएको छ। शाहरुख खान र सलमान खानको मुख्य भूमिका रहेको यो फिल्मलाई निर्माण पक्षले ३० वर्षपछि प्रदर्शनमा ल्याउन लागेको हो।
भारतिय मिडियाका अनुसार यो फिल्म आगामी २२ नोभेम्बरबाट रिलिज हुँदैछ। सामाजिक सञ्जालमार्फत अभिनेता खानले फिल्म प्रदर्शनमा आउन लागेको जानकारी दिदै हेर्न आग्रह गरेका छन्। उनी लैख्छन्,‘राखीजीले सही भन्नु भएको थियो कि करण अर्जुन आउनेछन् भनेर। नोभेम्बर २२ मा दुनियाँभरको सिनेमा घरमा।’
यो फिल्ममा शाहरुख खान,सलमान र काजोलको मुख्य भूमिका रहेको छ। यो फिल्म सन् १९९५ जनवरी १३ मा रिलिज भएको थियो। त्यो समयमा यो फिल्मले ४३ करोड भारतीय रुपैयाँ कमाएको थियो। फिल्मलाई रोशनले निर्देशन गरेका छन्।