सुचना, समाचार र मनोरन्जन

पूर्वमुख्यमन्त्री केदार कार्कीको अनसनमा प्रहरीले बर्सायो लाठी,एक जना घाइते

विराटनगर :

पूर्वमुख्यमन्त्री केदार कार्कीको अनसनमा प्रहरीले लाठी हानेको छ। १० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निशुल्क माग गर्दै अनशन बसेका कार्कीका समर्थक र प्रहरीबीच झडप हूँदा लाठी हानेको हो।

मंगलबार दिउँसो ४ बजे कार्कीले प्रदेशसभा सचिवालय अगाडि अनशन बस्न पुगेका थिए। उनी बसेको ठाउँबाट कार्कीलाई हटाउन खोज्दा उनका समर्थकले अटेर गरेपछि र प्रहरीबीच झडप भएको थियो।

जिल्ला प्रशासन कार्यालय मोरङले एक घण्टा अघि त्यस क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेर कार्कीको अनसनलाई असफल बनाउन खोजेको थियो । तर कार्की निषेधित क्षेत्र भनिएको प्रदेशसभा सचिवालय अगाडि गएर अनशन बसेपछि प्रहरीले निषेधित क्षेत्रबाट हट्न माइकिङ गरेको थियो। तर प्रहरीको कुरा कार्कीले मान्न तयार नभएपछि प्रहरीले लाठी चार्ज सुरु भएको थियो। सोही क्रममा प्रहरीले एक जना कार्कीका समर्थकलाई समेत पक्राउ गरेको छ।

कार्कीले दश वर्ष मुनिका बालवालिकाका लागि विशिष्टीकृत सेवासहितको निःशुल्क उपचार, बजेटमा २५ लाख रूपैयाँ भन्दा कमका योजना नराख्ने नीति, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रलाई पूर्ण रुपमा सञ्चालनलगायत ९ बुँदे मागसहित आन्दोलनमा अनशनमा बसेका थिए। प्रहरीले अनसन बसेको ठाउँबाट उठाएपछि अब के गर्ने भन्ने बारेमा छलफल भइरहेको जानकारी प्राप्त भएको छ।

Leave A Reply

Your email address will not be published.