काठमाडौं :
मानिसहरु भन्ने गर्छन् ‘फलानो त पटक–पटक मरे बाँच्यो’ अथवा कतिले भन्छन् ‘मत धेरै पटक मरेर बाँचेको मान्छे ।’ त्यस्ता भनाइहरु त्यतिकै आएका हुँदैनन्। विकल्प विहीनतामा आसा मारिएको जिन्दगी पनि पुनर्जीवित बन्यो भने मान्छेले बोल्ने भावनाहरु हुन् यी ।
यस्ता पीडादायक भावनाहरुलाई टपक्कै टिपेर चर्चित सर्जक कस्तुप पन्तले नयाँ गीतको श्रृजना गरेका छन् । मौलिकताको प्रयोग गर्न माहिर पन्तकै लय तथा शब्द रहेको ‘कसो गरम म’ बोलको उक्त गीतमा चर्चित गायक विमलराज क्षेत्री र सुनिता बुढा क्षेत्री’को स्वर रहेको छ ।
भिडियोमा भने कस्तुप पन्तसहित जुना गुरुङ, यशु भट्टराई र अशोक पौडेल लगायतको अभिनय रहेको छ । कुमार केसीले निर्देशन गरेको भिडियोको छायाँकन अजय रेग्मीले गरेका छन् भने सम्पादन अमृत चापागाईंले गरेको छन् ।