सुचना, समाचार र मनोरन्जन

कट्रिनाको ‘बेबी बम्प’ फोटो भाइरल, गोपनीयता उल्लङ्घनको आरोप

मुम्बई :

बलिउड अभिनेत्री कट्रिना कैफ हाल आफ्ना गर्भावस्थासम्बन्धी तस्बिरहरू सार्वजनिक भएपछि विवादमा परेकी छन्। उनका ‘बेबी बम्प ’  देखिने केही तस्बिरहरू अनलाइनमा भाइरल बनेपछि सेलेब्रिटीको गोपनीयता उल्लङ्घन र मिडिया नैतिकता सम्बन्धी बहस पुनः चर्किएको छ।

भारतीय मिडिया दि इन्डियन एक्सप्रेस, हिन्दुस्तान टाइम्स लगायतले सार्वजनिक गरेका रिपोर्ट अनुसार, ती तस्बिरहरू कट्रिनाको मुम्बईस्थित आवासको बाल्कनीबाट अनधिकृत रूपमा खिचिएका हुन्। केही अनलाइन साइट र गसिप पेजहरूले ती तस्बिरहरू प्रकाशन गरेपछि प्रशंसक र सहकलाकारहरूले तीव्र आपत्ति जनाएका छन्।

हिन्दुस्तान टाइम्सले लेखेको छ,“गर्भवती महिलाको यस्तो निजी क्षणलाई चोरी गरेर सार्वजनिक गर्नु केवल असंवेदनशीलता होइन, निजता माथिको ठुलो आक्रमण हो।”

यस विषयमा अभिनेत्री सोनाक्षी सिन्हाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लेखेकी छन्, “कसैको निजी जीवनका यस्ता तस्बिर चोरी गरेर देखाउनु अपराधजस्तै हो। तस्बिर खिच्नेहरू अपराधीभन्दा कम छैनन्।”

अभिनेत्री कट्रिना कैफ र उनका पति विक्की कौशलले भने अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। तर टाइम्स अफ इन्डियाले दुवै कलाकार पहिलो सन्तानको प्रतीक्षामा रहेको पुष्टि गरेको छ।

घटनापछि बलिउड वृत्तमा सेलेब्रिटीको निजता, महिला सम्मान र मिडिया आचारसंहिता विषयमा पुनः बहस सुरु भएको छ। प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत मिडियालाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गरेका छन्।

हाल ती तस्बिरहरू हटाइए पनि, यस घटनाले मिडिया अभ्यासमा गोपनीयता र नैतिक सीमारेखा पुनः खडा गर्नुपर्ने मागलाई बल दिएको छ।

Leave A Reply

Your email address will not be published.