पोखरा/
सहारा क्लब हङकङका संस्थापक कार्य समिति सदस्य तथा जिफान हङकङ का अध्यक्ष नायिका माया गुरुङबाट सूर्य बहादुर केसी स्मृति सहारा आवसीय फुटबल एकेडेमीमा रहेका बालकहरुको लागि एकेडेमीमा पुगेर खाद्यन्न हस्तान्तरण गर्नुभएको छ । सोही अवसरमा सहारा क्लब हङकङका वर्तमान कार्य समिति सदस्य पूर्णबहादुर गुरुङबाट एकेडेमी व्यवस्थापनको लागि नगद रु दश हजार सहयोग सहारा एकेडेमी व्यवस्थापन समितिका संयोजक एवम वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङलाई हस्तान्तरण गर्नुभयो । फागु पूर्णिमाको अवसरमा माया गुरुङबाट बालकहरुलाई रंगको टिका लगाई होलीको शुभकामना समेत दिनु भयो ।
माया गुरुङले २४औ आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको समयमा पोखरा रंगशालामा बालकहरुलाई जर्सी प्रदान गर्नु भएको थियो । कार्यक्रममा सहारा क्लबको उपाध्यक्ष चित्र पुन, कार्य समिति सदस्य अमर राजभण्डारी उपस्थिति रहेको थियो ।
