चालु आर्थिक वर्षको ८ महिनामा खनिजजन्य उद्योगबाट २ अर्ब १४ करोड रुपैयाँ राजश्व उठेको छ ।
यो गएको आर्थिक वर्ष र चालु आर्थिक वर्षको आठ महिनाको अवधीको हो । खानी तथा भूगर्भ विभागका अनुसार चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायतका खनिजजन्य वस्तुको उत्खनन अनुमति तथा अनुमतिपत्र नवीकरणबाट यो रकम सङ्कलन भएको हो ।
गएको आर्थिक वर्षमा विभागले चुनढुङ्गा, टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिङ्क, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट, तामा उत्खननको अनुमति दिएको थियो ।