काठमाडौँ/
साफ महिला च्याम्पियनसिप फुटबल अन्तरगत नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ साढे ६ बजेदेखि फाइनल खेल सुरु भएको हो ।
नेपाल आज बंगलादेशलाई हराउँदै ऐतिहासिक उपाधि जित्ने दाउमा छ । नेपालको पक्षमा समर्थन गर्न ११ हजार दर्शकले टिकट काटेका छन् । नेपाली राष्ट्रिय झण्डासहित नेपाली दर्शक नेपाली टोलीको समर्थकमा छन् ।
खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत रंगशालामा उपस्थित भएका छन् ।
ओलीले बंगलादेश र नेपालबीचको फाइनल खेलको अवलोकन गर्नुका साथै पुरस्कार वितरण गर्ने कार्यक्रम छ ।