सुचना, समाचार र मनोरन्जन
Sarangi

‘खुस्मा’को २ नयाँ पोस्टरमा धिरज र उपसना रोमान्टिक मुडमा

काठमाडौं :

फिल्मको पहिलो प्रचारप्रसार फिल्मको मुख्य भाव दर्शाउने पोस्टरबाट सुरु हुन्छ। त्यसैले निर्माण टिमहरु आफ्नो फिल्मको प्रचारप्रसार पोस्टरमार्फत नै सुरु गर्छन्। आगामी असोज ३ गते रिलिज हुने ‘खुस्मा’ले २ नयाँ प्रचार पोस्टर रिलिज गरेको छ।

अशोक थापा मगरको लेखन तथा निर्देशनमा बनेको फिल्मको दुईमध्ये एक पोस्टरमा फिल्मका प्रमुख कलाकार धिरज मगर तथा उपसना सिंह ठकुरीलाई रोमान्टिक भावमा देखाइएको छ। पोस्टरमा धिरजले उपसनालाई अगाँलोमा बाँधेको देख्न सकिन्छ। यस्तो दोश्रो पोस्टरमा उपसनालाई मात्र देख्न सकिन्छ। सो पोस्टरमा उनलाई चिन्तित मुद्रामा देख्न सकिन्छ। पोस्टरमा उनले खस्टो ओडेकी छन्।

मगर समुदायको पृष्ठभूमिमा फिल्मले प्रेमकथा पेस गर्ने निर्देशक थापामगरको भनाइ छ। उनले यसअघि केही डकुमेन्ट्री फिल्म लेखन तथा निर्देशन गरे पनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय फिल्म हो। डकुमेन्ट्री फिल्मबाट निर्देशक थापाले नौ वटा बिभिन्न अर्न्तराष्ट्रिय सिनेमा महोत्सवबाट अवार्ड प्राप्त गरिसकेका छन्।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्ग बहादुर पुन (खबपु), सुजाता राई, विजय संयोक सुब्बा, राजु रेग्मी मगर,राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुण पुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर, दुईसाङ थिङ लगायतका कलाकारको अभिनय रहेको छ।

विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेतान मगर तथा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकीले फिल्ममा लगानी गरेका छन्। फिल्मलाई दिपक बज्राचार्यले खिचेका हुन् भने एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत रहेको छ।

Leave A Reply

Your email address will not be published.