काठमाडौं :
मंगलबार फिल्म ‘खुश्मा’को ट्रेलर रिलिज कार्यक्रम राखिएको थियो। काठमाडौंको बिग मुभिज्को हलमा पत्रकार सम्मेलन मार्फत फिल्मको ट्रेलर रिलिज कार्यक्रम राखिएको हो। उक्त कार्यक्रममा उपस्थित भएका यस फिल्ममा अभिनेता धिरज मगर रोएका छन्। फिल्मको बारेमा बोल्दा बोल्दै उनी भकानिएका हुन्। उनी भकानिएपछि केही समय बोल्नै सकेनन्। उनी भकानिएपछि छेउमै रहेकी उपासन सिंह ठकुरीले सम्झाइन्। माहोल रमाइलो हुँदाहुँदै एक छिन नरामाइलो बन्न पुग्यो।
धिरज मगर फिल्म नचल्ला भनेर रोएका भने होइन्। उनी आफ्नो जन्मदिनमा निर्माण टिमले केक र फिल्मको ट्रेलर रिलिज कार्यक्रम राखेर उनको जन्मदिन मनाइदिएको थियो। परिवार साथमा नहुँदा उनी भकानिएका हुन्। उनलाई रुकुम पुर्वका साथीहरुले केक काटेर जन्मदिन मनाइदिएपछि उनी हर्षले रोएका थिए।
रुकुमको मैकोटमा जन्मिएका धिरज दुई वर्षको उमेरमा परिवारसहित युके पुगेका थिए। उनले आफ्नो गाउँ सम्झिए,फिल्ममा फरक अभिनय गर्न पाउँदाको क्षण सुनाए। फिल्म ‘खुस्मा’को छायांकन रुकुम मैकोटमा भएकाले धिरज आफू जन्मिएको ठाउँमा भएको भन्दै उनले सबैलाई धन्यवाद दिए।
निकै भावुक बनेका धिरजले भने–‘जन्मदिनमा मलाई खुस्मा फिल्म उपहार दिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु । यो फिल्मले गर्दा म आफ्नो गाउँ फर्किन पाएँ । दुई बर्षको हुँदा म युके गएको हुँ । जब म रुकुमको टक्सेरा गाउँ गए, मलाई त्यहाँ माया गर्ने बाजे, मामा–माइजु, काका–काकीलाई भेट्न पाएँ। म युकेबाट आफ्नो गाउँलाई चिनाउन चाहन्छु।’
आफ्नो पहिलो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’की निर्देशक रेनशा वान्तवा राई र निर्माता प्रज्ज्वल शमशेर जबरालाई समेत कार्यक्रममा सम्झिन भ्याए।
असोजको ३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘खुश्मा’लाई अशोक थापा मगरले लेखेका हुन्। उनैको निर्देशन रहेको यो फिल्ममा धिरजका अलवा उपासना सिंह ठकुरीका अलवा माओत्से गुरुङ, राज थापा काउचा, विजय सुब्बा, अरुण मगर लगायतका कलाकारहरुको अभिनय छ। सार्वजनिक ट्रेलरमा धिरज र उपासना बीचको प्रेम, विवाह, परिवारको सदस्य हराउँदाको पीडालाई प्रस्तुत गरिएको छ।
वीर बहादुर लामा, चन्द्र भट्टचन, वेतानी मगर, मानबहादुर मगरको लगानी रहेको फिल्ममा सुस्मिता वुढाथोकी सह–निर्माताको रुपमा छिन् ।
दीपक बज्राचार्यको छायांकन, अशोक थापा मगरको सम्पादन, एसडी योगी, पार्क चान्जी र सरिता राईको संगीत छ रहेको फिल्ममा सुरेन्द्र राई, शेखर घर्ती मगर र सुसन लामाको कोरियोग्राफी रहेको छ।