सुचना, समाचार र मनोरन्जन

कोसीमा पानीको बहाव घट्दै

 

सप्तरी : कोसीमा पानीको बहाव घट्न थालेको छ । कोसी ब्यारेज नियन्त्रण कक्षले बल्ल पानीको बहाव घट्न लागेको जनाएको हो । करिब छ लाख ६१ हजार क्युसेक बहाव पुगेको पानीको गति आज बिहानदेखि कम भएर छ लाख ४३ हजार रहे पनि अहिले खतरा भन्ने उच्च नै रहेको छ । ब्यारेज पुलबाट आवतजावत अहिले पनि बन्द नै छ ।

शनिबार राति कोसी ब्यारेज भएर पानीको बहाव अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको थियो । बाढीको बहाव उच्च भएपछि कोसीमा सवारीसाधनको आवतजावत पूर्ण रुपमा बन्द गरिएको छ । कोसी ब्यारेजमा पानीको बहाव बढेपछि शनिबार ब्यारेजको सुनसरीतर्फ नहरका दुई र सप्तरीतर्फ नहरका दुई गरेर ५६ वटै ढोका खोलिएको थियो ।

 

Leave A Reply

Your email address will not be published.