सुचना, समाचार र मनोरन्जन
Pdms

नयाँ वर्षमा दर्शकलाई एक्सन : कृषाको ‘पिताम्बर’ र सौरभको ‘कर्मा’

काठमाडौं :

नयाँ वर्ष २०८२ को छेको पारेर यहि शुक्रबारदेखि दुई वटा नेपाली फिल्म ‘कर्मा’,‘पिताम्बर’देशव्यापी प्रदर्शनमा आउन लागेको छ। यहीँ दुइवटा फिल्मकै दर्शकमाझ उल्लेखनीय हाइप बढेको देखिन्छ।

कृषा चौलागाईले फिल्म ‘पिताम्बर’लाई निर्देशित गरेकी हुन् भने ‘अगस्त्यः च्याप्टर १’ निर्देशन गरेर चर्चा कमाएका निर्देशक सौरभ चौधरीद्वारा निर्देशित ‘कर्मा’हो। दुवै फिल्मका ट्रेलर,टाइटल गीत र सिनेमामा समावेश ‘पागल’ बोलको गीत अहिले युट्युबदेखि सामाजिक सञ्जालसम्म व्यापक रूपमा छाएका छन्।

टिजर,ट्रेलरदेखि गीतसम्मले दर्शक र सिनेप्रेमीको ध्यान खिच्न सफल भइसकेका छन्। केही दिन अघि सार्वजनिक भएका फिल्मको ट्रेलर र गीतले हाल युट्युबमा ट्रेन्ड गरिरहेका छन्। प्रदर्शन मितिसम्म ट्रेन्डिङ र हाइपको यो गति कायमै रह्यो भने दुवै फिल्मले बक्स अफिसमा समेत उल्लेखनीय उपस्थिति जनाउने अपेक्षा गरिएको छ। फिल्म ‘पिताम्बर’,‘कर्मा’सार्वजनिक ट्रेलरमा भ्रष्ट समाजले एक निर्दोष युवालाई कसरी अपराधी बनाउँछ भन्ने प्रष्ट पारिएको छ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहेको फिल्म ‘कर्मा’मा विपीन कार्की, उपासना सिंह ठकुरी,मुकुन भुसाल,सरिता गिरी,दिब्यदेब,बेन बस्नेत,सुज्यान सिलवाल,अनिल बुढाथोकी,निर्मल शर्मालागायतको अभिनय रहेको छ। एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा कृषा चौलागाईंको निर्देशन छ । फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ।

फिल्ममा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन्। विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, समिर मिया र सत्यम रानाको भीएफएक्स, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ । फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ ।

Leave A Reply

Your email address will not be published.