सुचना, समाचार र मनोरन्जन

‘दयारानी’बाट चर्चामा आएकी कृष्टिना भन्छिन्,‘मलाई गाउँले जनराकै फिल्म मनपर्छ’

काठमाडौं :

फिल्म ‘दयारानी’मा छोटो भूमिकामा अभिनय गरेर चर्चामा आएकी कृष्टिना गुरुङको अर्को फिल्म हो ‘इंश्वर’। उक्त फिल्म यहि साउन ११ गतेप्रदर्शन आउने तयारीमा छ। ‘दयारानी’मा छोटो भुमिकामा अभिनय गरेकी उनको ‘ईश्वर’मा भने प्रमुख भूमिकामा छिन्।

Gokarna Karki

उनले पत्रकारसँगको कुराकानीमा निर्माता ध्रुव थापा र माओत्से गुरुङका कारण आफु यो फिल्ममा जोडिएकी बताईन्। उनी भन्छिन्,‘उहाँहरु यो फिल्मका लागि मंगोलियन अनुहारको नायिका खोजिरहनु भएको रहेछ। उहाँहरुसँग भेट भएपछि ईश्वरमा जोडिएँ।’ यो फिल्ममा मेरो चरित्रको नाम मिनु हुन्छ। म विद्यालयकी शिक्षिका छु। म आफ्नो चरित्रबाट सन्तुष्ट छु।’

हालै सार्वजनिक भएको फिल्मको ट्रेलरमा कृष्टिनसँग फिल्मका अभिनेता समेत रहेका ध्रुव थापा र बुद्धि तामाङको उनको प्रेमको चर्चा गरिएको छ।
उनले आफ्नो भुमिकाको बारेमा समेत स्पष्ट पारिन्। उनी भन्छिन्,‘फिल्ममा बुद्धि दाई मेरो फुपुको छोरा र म चाहिँ बुद्धि दाईको मामाको छोरी छु । नाताले हामी सोल्टी सोल्टिनी । हाम्रो संस्कृतिमा सोल्टी सोल्टिनीको हक लाग्ने भएकाले पनि हामीलाई एकअर्का प्रति नजिकिएको देखाइएको छ।’
उनले थपिन्,‘म सानो क्यारेक्टरबाट नेपाली फिल्ममा आएकी हुँ । सुरुदेखि नै ठूलो क्यारेक्टरबाट आएको भए त्यो च्यालेन्ज हुँदैन थियो होला । तर ईश्वरमा केही च्यालेन्ज चाहिँ भयो।’

कृष्टिनाले सिरिज ‘क्राइम फाइल’मा मात्र आधुनिक गेटअपमा अभिनय गरेकी रहिछन्। उनलाई शहरिया भुमिका भन्दा पनि गाउँले परिवेश भएको फिल्ममा काम गर्न मन लाग्दो रहेछ।

‘मलाई गाउँले जनराकै फिल्म मनपर्छ । त्यहीकारण अहिलेसम्म ग्रामीण किसिमकै चरित्र निभाइरहेकी छु। किनभने त्यही रहनसहनमा हुर्केकी छु। मलाई आधुनिक क्यारेक्टरमा फिट हुँदैन कि जस्तो लाग्छ’, उनले आफुलाई रहर लागेको भुमिकाका बारेमा भन्छिन्।

गुरुङ भाषाका फिल्मबाट नेपाली फिल्ममा आफूले पाइला टेकेकाले आफ्नो कामलाई दर्शकले मनपराइदिनेमा उनी ढुक्क छिन् । ‘म ईश्वरबाट आशावादी छु,’उनले भनिन्,‘अहिले ईश्वरमा नै ध्यान दिइरहेको छु । अरु फिल्मको लागि कुरा गरेकी छैन् । ईश्वरबाट कस्तो प्रतिक्रिया आउँछ, त्यसपछि अरु फिल्म गर्ने या नगर्ने भन्ने टुंगो लाग्छ।’ फिल्म ‘ईश्वर’मा राजु गिरीको निर्देशन छ ।

Leave A Reply

Your email address will not be published.