काठमाडौँ :
गीत ‘सकम्बरी’ मार्फत मोडलिङमा उदाएकी मोडल कुसुम शर्माले इन्गेजमेन्ट गरेकी छन्। उनले प्रेमी विश्वास अधिकारीसँग मंगलबार इन्गेजमेन्ट गरेकी हुन्। कुसुमले आफैले पनि फेसबुकको स्टोरीमा इन्गेजमेन्ट गरेको फोटो पोस्ट गरेकी छन्।
चितवनमा आयोजित इन्गेजमेन्ट समारोहमा उनका आफन्त र पारिवरका सदस्यको उपस्थिति थियो। कुसुमले छिटै विवाह गर्ने बुझिएको छ। दुवैले केही समयको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन्। कुसुमले म्युजिक भिडियोहूँदै केहि फिल्ममा समेत अभिनय गरेकी छन्।