काठमाडौं :
नेपाली फिल्मको अवार्डको अवस्था उचाई खस्की रहेको बेला फिल्मकर्मिलाई नै गर्वको महसुस हुनेगरी ‘एलजी ७ औं सिने सर्कल अवार्ड – २०८०’ सम्पन्न भएको छ। काठमाडौंको अर्मी अफिसर्स क्लबमा शुक्रबार बेलुका एक समारोहका विभिन्न २५ विधामा अवार्ड प्रदान गरियो।
नेपाली सैनिक कलाकारद्धारा विभिन्न नेपाली फिल्मका अर्केष्ट्रा धुन प्रस्तुतिसँगै शुरु भएको थियो। नेपाली फिल्म क्षेत्रमा क्यामेराको पछाडि रहेर निरन्तर योगदान दिएको भन्दै दुई अग्रज प्राविधिकलाई समारोहमा दुई अग्रज प्राविधिकलाई दीर्घ साधना सम्मानबाट समेत सम्मानित गरिएको छ। फिल्म सम्पादक नरेन्द्र खडका र फिल्म मेकअप कलाकार अशोक रोकालाई जनही ५१ हजार रुपैयाँ सहित दीर्घ साधना सम्मानबाट सम्मानित गरियो।
अग्रज अभिनेत्रीहरु भुवन चन्द, बसुन्धरा भुसाल,चैत्य देवी,अग्रज संगीतकार शम्भुजीत बासकोटा,अग्रज अभिनेता शिव श्रेष्ठ, अर्जुनजंग शाही, सन्तोष पन्त, सरोज खनाल, फिल्म सम्बन्धि करिब एक दर्जन संघ संस्थाका अध्यक्षहरुलगायतले यो सम्मान संयुक्त रुपमा अवार्ड प्रदान गरे। क्लाकारहरुलाई सम्मान गरिरहँदा अवार्ड आयोजक दिनेश डिसीले आफुहरुले जहिले पनि पर्दा पछाडी रहेर काम गर्ने अग्रज फिल्मकर्मी दीर्घ साधाना सम्मान प्रदान गर्दै आएको बताए।
यो अवार्ड समारोहमा निश्चल बस्नेतको फिल्म ‘दिमाग खराब’ले सर्वाधिक अवार्ड जित्न सफल भयो। यहि फिल्मले उत्कृष्ट चलचित्रको अवार्ड सहित पाँच अवार्ड पायो। निर्देशकको अवार्ड निश्चल बस्नेतले, अभिनेत्रीको अवार्ड स्वस्तिमा खड्काले, छायाँकारको अवार्ड सुसन प्रजापतिले र सम्पादकको अवार्ड निमेश श्रेष्ठले प्राप्त गरेका थिए। उनीहरुले अवार्ड पाइसकेपछि आफुहरुले अझै फिल्मका लागि मेहनत गर्नुपर्ने बताए। पत्रकारसँगको कुराकानीमा उनीहरु निकै उत्साहित रहेको भेटिए। यता उत्कृष्ट अभिनेताको अवार्ड सौगात मल्लले प्राप्त गरे। उनले फिल्म ‘अगस्त्य’बाट चुमे भने यहि फिल्मबाट उत्कृष्ट खलनायक अवार्ड प्रमोद अग्रहरीले जित्न सफल भए। फिल्म ‘अगस्त्य’बाटै द्धन्द्ध निर्देशकको अवार्ड श्री श्रेष्ठले हाँसिल गरे।
यसैगरी २०८० मा राम्रो व्यापार गर्न सफल फिल्म ‘जारी’ले पनि अवार्डमा राम्रो पकड जमायो भने जारीबाटै उपेन्द्र सुब्बाले उत्कृष्ट नव निर्देशक र उत्कृष्ट स्कृप्ट राईटरको अवार्ड हाँसिल गरे। जारीले नै वर्षको बक्स अफिसमा वर्षको सर्वाधिक व्यापार गर्ने फिल्मको अवार्ड प्राप्त ग¥यो भने जारीबाटै दयाहाङ राई र मिरुना मगरले उत्कृष्ट अन स्क्रिन जोडीको अवार्ड चुमे। गीत संगीततर्फ उत्कृष्ट संगीतकारको अवार्ड फिल्म ‘बगान’का लागि संगीतकार सुवास भुसालले प्राप्त गरे भने पाश्र्व गायिकाको अवार्ड ‘बगान’बाटै गायिका अन्जु पन्तले र पाश्र्व गायकको अवार्ड फिल्म ‘प्ररदेशी २’ बाट निशान भट्टराईले प्राप्त गरे।
यस्तै उत्कृष्ट कोरियोग्राफरको अवार्ड चलचित्र नाँगो गाउँको ‘सुन सुन’ गीतबाट रामजी लामिछानेले, उत्कृष्ट भीएफएक्सको अवार्ड फिल्म ‘उपहार’बाट अनुपम गौतम शर्माले, उत्कृष्ट पोस्टर डिजाइनरको अवार्ड फिल्म ‘बुलाकी’बाट राकेश दाहालले पाए भने उत्कृष्ट ट्रेलरको अवार्ड फिल्म ‘काँडेतार’बाट बन्दे प्रसादले र उत्कृष्ट स्टन्टको अवार्ड पनि फिल्म काँडेतारबाटै लक्ष्मण सेन्चुरीले पाए।
यसपटक समारोहमा क्रिटिक्स अवार्ड अभिनेताको अवार्ड फिल्म ‘ बुलाकी’बाट अभिनेता नरेन खड्काले र अभिनेत्रीको अवार्ड फिल्म ‘बुलाकी’बाटै अभिनेत्री सुरक्षा पन्तले हात पारिन्। निर्देशकको अवार्ड फिल्म ‘अन्तिम संस्कार’बाट प्रदीप शाहीले पाए । यस्तै ट्रेण्ड सेटर्स अवार्ड फिल्म निर्देशक रामबाबु गुरुङ र अर्का निर्देशक प्रदीप भट्टराईलाई प्रदान गरियो भने रामबाबुलाई ‘कबड्डी’ जस्ता ग्रामिण परिवेशका सफल फिल्म निर्माता र प्रदीपलाई सफल सामसामयिक हास्यप्रधान सामाजिक चलचित्र निर्माणका लागि यी अवार्ड प्रदान गरिएको अवार्ड आयोजक संस्था सिने सर्कल नेपालका अध्यक्ष दिनेश डिसीले बताए।
अवार्ड समारोहमा गायक यम बराल, गायिका देविका बन्दना, नेपाल आर्मीका कलाकार र फिल्म ‘पुजार सार्की’का कलाकारको गीत संगीत प्रस्तुतिसँगै विभिन्न कलाकारको नृत्य रह्यो । यी प्रस्तुतिले सिने सर्कल अवार्ड समारोह संगीतमय बनेको थियो । यो अवार्डको निर्णायकमा फिल्म निर्देशक कलाकार मोहन निरौला, संगीतकार सुरेश अधिकारी, द्धन्द्ध निर्देशक एनवी महर्जन, सञ्चारकर्मी कृष्ण भट्टराई थिए।
यो अवार्ड समारोहको सञ्चालन कार्यक्रम आयोजक तथा सिनेमा सर्कल नेपालका अध्यक्ष निर्देशक डिसीले गरेका थिए। सिनेमा सर्कल नेपालका संरक्षक तथा चौधरी समूहका प्रवन्ध निर्देशक वरुण चौधरीले अवार्डको महत्वबारे प्रकाशपार्दै स्वागत मन्तव्य राखेका थिए।