सुचना, समाचार र मनोरन्जन
Sarangi

लायन्स क्लब अफ पोखरा सामिप्यद्वारा रक्तदान कार्यक्रम

पोखरा ।

लायन्स क्लब अफ पोखरा सामिप्यद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । रगत नपाएर अस्पतालमा छटपटाइरहेका विरामीलाई राहत मिलोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको मनिसा भण्डारीले जानकारी गराइन । उनका अनुसार रक्तदान कार्यक्रम विभिन्न संघसंस्था देखि व्यवसायिक व्यक्तित्वहरुको सहभागिता थियो ।

आफुहरुले वर्षेनी रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको उनले बताइन् । सामाजिक सेवा अन्तर्गत लायन्स क्लब अफ पोखरा सामिप्यले आफुलाई क्रियाशिल बनाउँदै लगेको छ । रक्तदान कार्यक्रम समेत सामाजिक सेवाको भावनाले आयोजना गरिएका हो । कार्यक्रममा नयाँ सहित धेरै पटक सम्म रक्तदान गर्दै आएका व्यक्तिहरुले रगत दान गरेका थिए ।

Leave A Reply

Your email address will not be published.