काठमाडौं :
पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले फिल्म ‘नमेटिने घाउ’को डबिङ गरेका छन्। शुक्रबार रेडियो नेपालको स्टुडियोमा उपस्थिति भएर नेपालले आफुले अभिनय गरेको दृश्यमा संवाद भरेका हुन्।
यस अघि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डबिङ गरेका थिए। एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित फिल्ममा एसिड आक्रमणमा परेका ३३ जना पिडीतहरुको कथालाई समेटेर निर्माण गरिएको हो। शिवम् अधिकारीले लेखेको कथाको पटकथा पनि उनैले लेखेका हुन्।
अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण भइरहेको यो फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा,सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा,लालना चिमोरिया,स्वस्तीमा कार्की, लिजा कोरानी,एलिसा गुरुङ,बिशाल देबकोटा ,आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ । यहि फिल्ममा सुरवीर पण्डित, सुनील कटुवाल पुराना अनुहारको पनि मुख्य भूमिका रहेको निर्खेशक ढुङ्गानाले बताए।
रमित ढुंगाना फिल्म प्रोडक्सनको व्यानरमा निर्माण भइरहेको फिल्ममा प्रहरी उपरीक्षकद्वय बाल नर्सिहकक राणा र कुमुद ढुगेल, प्रहरी निरीक्षक जे,आर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ। ‘नमेटिने घाउ’मार्फत सासदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले समेत अभिनय गरेका छन्। केहि दिन अघि सांसद शाहीले पनि आफ्नो दृश्यमा स्वर भरेका थिए। निरज कंडेलको छायांकन,बनिश शाहको सम्पादन रहेको फिल्ममा ओम सुनारको संगीत र किरण ढकालको एक्सन रहेको छ।