सुचना, समाचार र मनोरन्जन

माधव नेपाल पनि ‘नमेटिने घाउ’का कलाकार,केपी ओलीले बिहिबार खेल्ने

काठमाडौं :

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फिल्म ‘नमेटिने घाउ’मा अभिनय गरेका छन्। मंगलबार जडीबुटीस्थित कोटेश्वर बहुमुखी क्याम्पसमा उनको सिन छायांकन भएको हो। उनले आफ्नो सिन करिब एक घण्टामा सकाएका थिए।

अभिनेता रमित ढुंगानाले आफ्नो डेब्यू निर्देशित फिल्म ‘नमेटिने घाउ’मा एसिड आक्रमणको विरोधमा विद्यार्थीहरुले निकालेको ¥यालीको दृश्यमा नेता नेपालले दोषीलाई कारबाही गर्ने भन्दै संवाद बोल्नु पर्ने थियो। उनले यहि सम्वाद बोलेका थिए। मंगलबार नै यस फिल्ममा नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री देवेन्द्र पौडेल र राप्रपा सांसद ज्ञानेन्द्र शाहीले पनि अभिनय गरेका छन्।

यो फिल्ममा पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि अभिनय रहने निर्माण पक्षले जानकारी दिएको छ । उनले पर्सि अर्थात बिहीबारको समय दिएका निर्देशक ढुंगाानाले जानकारी दिएका छन्। ८० प्रतिशतभन्दा बढी छायांकन भैसकेको फिल्ममा ३३ जना एसिड पीडितको कथा समेटिएको छ।

फिल्मलाई शिवम् अधिकारीले लेखेका छन् भने सुरवीर पण्डित, रामचन्द्र अधिकारी, मुस्कान खातुन, सिम्रन खड्का, रचना गौतम, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ति पौडेल, सन्जोग रसाइली, सन्दीपबाबु लोहनी, आरती आचार्य, प्रभातपल ठकुरी, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा लगायतले अभिनय गरेका छन्। फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन।

Leave A Reply

Your email address will not be published.