सुचना, समाचार र मनोरन्जन

दोस्रो विवाह गरेपछि मधुको ‘सोचे झैं जिन्दगी रैनछ’

काठमाडौं :

डिभोर्सपछि दोस्रो विवाह गरेर अष्ट्रेलिया पुगेकी गायिका मधु क्षेत्रीलाई जिवनमा तुसारो पात पलाएको छ। उनले तीन वर्ष अघि गाएको गीत झैँ ‘सोचे झैं जिन्दगी रैनछ’ जस्तै भएको छ।

यहि गीतबाट परिचित भएकी गायिका मधु क्षेत्रीलाई उनका श्रीमानले कुट्ने गरेको आरोप लगाएकी छन्। हिजो टिकटक लाइभमा आएर सम्बन्ध तोड्नेसम्मको अवस्थामा पुग्नु परेको उनको भनाई छ।

दुई वर्षअघि मधुले अष्ट्रेलिया बस्ने प्रेमी सुरेश खड्कासँग कोर्ट म्यारिज गरेकी थिइन्। सुरेशसँग विवाह गरेपछि सांगितिक यात्रालाई बिट मार्दै छोरीलाई लिएर अष्ट्रेलिया पुगेकी उनको केही समयपछि श्रीमान–श्रीमतीको सम्बन्धमा तनाव सुरु भएको थियो ।

मधुका अनुसार आफुलाई छोरीलाई ससुराले पटक–पटक दुर्व्यवहार गरेका थिए । ससुराले आफूहरूलाई ब्याड टच गर्ने गरेको भनेर श्रीमानलाई सुनाउँदा उल्टै आफूलाई तथानाम गाली गरेको उनले सुनाईन्।

उनका अनुसार अहिले मधु गर्भवती छिन्। यस्तो अवस्थामा श्रीमानले कुटपिट गर्दै आएको मधुको भनाई छ।

उनी भन्छिन्, ‘हुनुपर्ने छ भने केही गरे पनि जाँदो रहेनछ । श्रीमानसँग सम्बन्ध राम्रो छैन, पैसा छैन, के बच्चा पाउनु भन्ने लागेको थियो । तर, कुटपिट भएपछि बच्चा गएनछ । पिरियड रोकिएपछि किट ल्याएर चेक गर्दा पोजिटिभ देखायो । फेरि अर्को मनमा श्रीमानसँग जेसुकै भए पनि यो उमेरमा आमा हुन पाएको छु भनेर चित्त बुझाएँ ।’

Leave A Reply

Your email address will not be published.