सुचना, समाचार र मनोरन्जन
Sarangi

प्रदीप भट्टराईले थाले ‘महाजात्रा’

काठमाडौं :

सुपरहिट फिल्म ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को छायांकन थालिएको छ । बुधबार काठमाडौंको स्वयम्भूस्थित बिजेश्वरी मन्दिरमा क्यामेरा, क्ल्याप र स्क्रिप्ट पूजा गरेपछि बुढानीलकण्ठबाट फिल्मको छायांकन सुरु गरिएको हो। फिल्मको मुहूर्त समारोहमा निर्देशक–निर्मातादेखि फिल्मका मुख्य कलाकारहरुको उपस्थिति रहेको थियो ।

फिल्ममा ‘जात्रा’ श्रृंखलाकै मुख्य कलाकारहरु विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ दोहोरिएका छन् । यस फिल्ममा हरिवंश आचार्य, शिशिर बाङ्देल, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव पन्त, सुमन कार्की, गौमाया गुरुङ लगायत थपिएका छन्। प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहने फिल्मको छायांकन ४५ दिनको सेड्युल राखिएको निर्माण पक्षले जनाएको छ।

काठमाडौं र जनकपुरका विभिन्न ठाउँमा फिल्मको छायांकन हुने छ। फिल्मा ‘सत्य लुक्दैन, झुटो टिक्दैन’ भन्ने ट्यागलाइन राखिएको निर्देशक भट्टराई जानकारी दिए। उनका अनुसार फिल्ममा धेरै घटनाहरुको कथावस्तु समावेश गरिएको छ।

रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल छन् । षट्कोण आर्ट्सको ब्यानरमा बन्ने फिल्मको छायांकन अगावै २ करोडमा अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भइसकेको छ ।

Leave A Reply

Your email address will not be published.