सुचना, समाचार र मनोरन्जन
Sarangi

प्रियंकाको ‘माइली’का दुई गीतमा शान्तिश्री,विन्दू र अस्मिताको स्वर

काठमाडौं :

फिल्म ‘माइली’मा समावेश हुने एकसाथ दुई गीत रेकर्ड भएको छ। बिहिबार काठमाडौंको अनामनगरस्थित २१ स्टुडियोमा ‘न त दिनले साथ दियो, न त दियो रातले’ र ‘खोली सलल छमछमी नाँचेपछि मनै झलल’बोलका गीत रेकर्ड गरिएको हो।

गीत ‘न त दिनले साथ दियो, न त दियो रातले’मा अस्मिता अधिकारीको स्वर र ‘खोली सलल, छमछमी नाँचेपछि मनै झलल’ मा शान्ति श्री परियार र विन्दु परियारको स्वर छ । दुवै गीतमा शंकर अधिकारी ‘घायल’को शब्द र राजेन्द्र बजगाइँको संगीत छ।यो फिल्ममा नायिका प्रियंका कार्की अनुबन्धित भइसकेकी छन्।

निर्देशक बलामीले सत्यघटनामा आधारित फिल्ममा श्रीमान नभएकी दलित महिलालाई समाजले हेर्ने दृष्टिकोण, नाबालक छोरी हुर्काउन ती महिलाले गरेको संघर्ष र समाजले जातीयताको आडमा कसरी प्रताडित गर्छ भन्ने विषय उठान गरिने बताए । फिल्ममा शंकर अधिकारी ‘घायल’को पटकथा तथा संवाद छ। फिल्मलाई निर्माण पक्षले यसै वर्ष रिलिज गर्ने सोच बनाएको देखिन्छ। तर यकिन भएको छैन।

Leave A Reply

Your email address will not be published.