सुचना, समाचार र मनोरन्जन
Sarangi

‘चाचरी’मा चेत र मनिषा

काठमाडौं :

चेतबहादुर बुढाथोकी र मनिषा घोरासैनीको स्वरमा रहेको गीत चाचरी सार्वजनिक भएको छ । चेतबहादुरकै लय शब्द र थेगो संकलन, रामकृष्ण थापाको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

चेतबहादुरकै निर्देशन र कृष्ण रसालको कोरियोग्राफर रहेको गीतको भिडियोमा शिला गजुरेल, मनिषा घोरासैनी र चेतबहादुर बुढाथोकीलाई फिचरिङ गरिएको छ।

दिनेश पराजुलीको छायाँकन रहेको भिडियोमा चेतबहादुरकै सम्पादन र कलर छ । गीतको भिडियो चेतबहादुर बुढाथोकीको अफिसियल युट्यव च्यानलमार्फत सार्वजनिक गरिएको हो।

चेतबहादुरका धेरै गीत श्रोता÷दर्शकमाझ लोकप्रिय रहेका छन् । आफ्ना अन्य गीतले जस्तै चाचरीले पनि सबैको माया पाउनेमा आफू आशावादी रहेको उनले बताए।

Leave A Reply

Your email address will not be published.