सुचना, समाचार र मनोरन्जन
Sarangi

३ मन्त्रीले राजीनामा दिदै कर्णाली सरकारबाट बाहिरियो कांग्रेस

सुर्खेत :

तनि मन्त्रीले राजिनामा दिदै कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । ८ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसबाट मन्त्री बनेका सबै तीन जना मन्त्री राजीनामा दिंदै सरकारबाट बाहिरिएको हो।

बाहिरिनेमा अर्थमन्त्री बेदराज सिंह,सामाजिक विकासमन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसी रहेका छन्। गत वैशाखमा मात्रै मन्त्री बनेका उनीहरु केन्द्रको सरकार ढलेसँगै बाहिरिएका हुन्।

निवर्तमान पर्यटन, वन तथा वातावरणमन्त्री बीसीले केन्द्रमा समीकरण बदलिएको अवस्थामा सत्तामा बसिरहनुको औचित्य नभएकोले राजीनामा दिएको बताए । अहिले कोशी प्रदेशको सरकार पनि ढलमल ढलमल भइरहेको अवस्था छ। तर कसैले राजिनामा भने दिएको जानकारी आएको छैन।

Leave A Reply

Your email address will not be published.