सुचना, समाचार र मनोरन्जन
Sarangi

मुस्ताङको नीलगिरि हिमाल क्षेत्रबाट थालियो ‘मायावी’को सुटिङ

काठमाडौं :

निर्देशक दिवाकर भट्टराईले निर्देशनमा फिल्म ‘मायावी’को छायाकंन सुरु भएको छ । निर्माण टिमले फिल्मको छायांकन मुस्ताङबाट थालको हो।

केही दिन अघि मुस्ताङ पुगेको निमार्ण टिमले सम्पूर्ण कलाकारहरुको उपस्थिति भएसँगै छायाकंन सुरु गरेको जानकारी दिएको छ। निर्माण टिमले फिल्मको छायाकंन गर्ने तयारी गर्दै एक हप्ता अघि सम्म फिल्मका मुख्य कलाकारहरु र निमार्ण टिमको लाइनअप सार्वजनिक गरिरहेकोे थियो ।

फिल्म मुस्ताङको नीलगिरि हिमाल क्षेत्र र पोखराको रमणीय स्थलबाट छायांकन सुरु भएको र फिल्मको छायाकंन अवधी ३५ दिनसम्म चल्ने निर्देशक भट्टराईले जनकारी गराए ।पोखराकै परिवेशमा रहेर कथा बुनिएको यस फिल्ममा मुख्य नायिकामा दीपिका प्रसाई र मुख्य नायकहरुमा पल शाह, सुशील सिटौला, मोडल समिम खान र अर्की मुख्य अभिनेत्रीमा करिश्मा श्रेष्ठको प्रमुख भुमिका रहने छ । यस्तै फिल्ममा प्रशान्त ताम्राकार र राजाराम पौडेल लगायत अन्य कलाकारहरुको पनि अभिनय रहने छ ।

अभिनेता पल झण्डै डेढ वर्षपछि यसै फिल्ममार्फत रजतपटमा कमव्याक गर्दैछन् भने करिश्माले लामो समयपछि ‘मायावी’बाट फिल्ममा कमव्याक गर्न लागेकी हुन् । यसै फिल्ममार्फत ‘म्यान हन्ट इन्टरनेश्नल नेपाल २०१६’का विजेता समिम खानले नवनायकका रुपमा डेब्यू गर्दैछन् ।

क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा निर्देशक भट्टराई स्वयंको कथा रहने छ । भट्टराई करिब चार वर्षपछि पुनः निर्देशनमा कमव्याक गर्दैछन् । राजु थापाको डिओपी रहने फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत छ ।

फिल्ममा एक्शन तथा निर्देशक चन्द्र पन्त र अभिनेता राज कटुवाल निर्माता रहेका छन् । राज फिल्म ‘मायावी’मार्फत निर्माणमा पाइला चाल्न लागेका हुन् ।

Leave A Reply

Your email address will not be published.