सुचना, समाचार र मनोरन्जन

हायत होटलमा श्रृंखला खतिवडाको ‘मेहेन्दी समारोह’

काठमाडौं :

पूर्वमिस नेपाल श्रृंखला खतिवडाको मंगलबार (आज) ‘मेहेन्दी समारोह’ चलाएकी छन्। बिहीवार विवाहको तयारीमा रहेकी श्रृंखलाको ‘मेहेन्दी सेरेमोनी’ चलेको हो । जहाँ उनको समारोहमा पूर्वमिस नेपालहरु समेत पुगेका छन्।

काठमाडौंको हायात होटलमा श्रृंखलाको सेरेमोनी चलिरहेको छ । त्यहाँबाट सार्वजनिक तस्विरमा श्रृंखलाले हातमा आकर्षक मेहेन्दी लगाएकी छन्। मरुन रङको लेहंगामा श्रृंखलाले फोटो सुट गराएकी छन्। उक्त तस्विरमा उनी आकर्षक देखिएकी छन् ।

समोरोहमा पूर्व मिस नेपालहरु उषा खड्गी, सदिक्षा श्रेष्ठ, प्रिया सिग्देल, सुगरिका केसी, जेनिशा मोक्तान पुगेका छन्। नेपालमा केहि वर्ष यता ब्याचलर पार्टीको समेत आयोजना हुँदै आएको छ। त्यसलाई निरन्तरता दिदै श्रृंखलाले केहि दिन अघि नगरकोटको एक रिसोर्टमा ब्याचलरेट पार्टीको आयोजना गरेकी थिइन्।

श्रृंखलाले कान्तिपुर मिडियाका हाकिमसम्भव सिरोहियासँग विवाह गर्न लागेकी हुन्। उनी पुर्वमन्त्री तथा नेकपा एसका नेता बिरोध खतिवडाकी छोरी हुन्।

Leave A Reply

Your email address will not be published.