सुचना, समाचार र मनोरन्जन
Sarangi

एआईजडित स्मार्ट भिजन चस्मामा स्टेज पुगिन् मेनुका पौडेल

काठमाडौँ :

इन्डियन आइडलको उपाधीको दावेदार नेपालकी चेली मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्माबाट संसार देख्न थालेकी छन्। आइडलको आइतबार साँझको एपिसोडमा उनलाई भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित उक्त विशेष चस्मा प्रदान गरेका हुन् ।

शोको मञ्चमै मेनुकाले उक्त चस्मा लगाएर डेमो प्रदर्शन गरेपछि संसारभर उनको चर्चा चुलिएको छ। स्टेजमा मेनुकाले गायिका लता मंगेशकरको गीतमा पर्फम गरेपछि चस्मा उपहार गरिएको थियो। चस्मा प्रदानका लागि चिकित्सक आइडलको स्टेज उक्लिएका थिए। चिकित्सकले मेनुकालाई ‘गिफ्ट अफ साइट’ भन्दै चस्मा दिएपछि मेनुका अति खुशी देखिएकी थिइन्।

अब चस्माका सहाराबाट मेनुकाले एक्लै रियाज गर्न, हिँडडुल गर्न, पढ्न र सामुन्ने उभिएको मान्छेलाई चिन्न सक्नेछिन्। डाक्टरका अनुसार चस्मामा क्यामेरा जडान गरिएको छ । क्यामेराले फोटो खिच्ने र सेन्सरले उक्त इमेजबारे विस्तृत चित्रबारे बताउँछ । चस्माको सेन्सरमा एआई जडान गरिएको छ । चस्माको साइडमा पाँच अक्षर पनि समावेश छन् । जसलाई थिचेर मेनुकाले काम पनि गर्न सक्छिन्।
मेनुका आइडलको जारी सिजनमा उत्कृष्ट १० भित्र पर्न समेत सफल भइसकेकी छन्।

Leave A Reply

Your email address will not be published.