सुचना, समाचार र मनोरन्जन

सौरभ चौधरीको ‘कर्मा’मा उपासना र मुकुन अनुबन्धित,एक्सनमा उत्रिदै विपिन

काठमाडौं :

सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको फिल्म ‘कर्मा’मा कलाकारको ‘लाइनअप’ बलियो बनेको छ। यो फिल्ममा मुकुन खलपात्रको भुमिकामा अभिनय गर्ने भएका छन्। यो फिल्मकालागि मुख्य भूमिकामा केहि साता अघि अभिनेता विपिन कार्कीलाई अनुबन्धित गरिएका छन्।

फिल्ममा उपसना अभिनेता विपिन कार्कीको जोडीको रुपमा देखिने छिन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिन लागेको जानकारी प्राप्त छ। विपिन र उपासनाले पहिलो पटक फिल्म सहकार्य गर्न लागेका हुन्। फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’मा मुकुनले गरेको अभिनयको अहिले सर्वत्र चर्चा हुन थालेको छ।

निर्देशक चौधरीले यसअघि ‘अगस्त्यः च्याप्टर १’को निर्देशन गरेका थिए। एक्सन ड्रामा जनरामा निर्माण हुने यस फिल्मको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन्।  ‘अगस्त्य : च्याप्टर(१’बाट दर्शकहरू र समीक्षकहरूको राम्रो प्रतिक्रिया प्राप्त भएको थियो, जसले गर्दा ‘कर्मा’प्रति पनि उच्च अपेक्षा गरिएको छ।

निर्देशक चौधरीका अनुसार यो फिल्ममा अभिनेता विपीनलाई पहिलोपटक एक्सन अवतारमा भूमिकामा देख्न पाइनेछ। विपिनले ‘कर्मा’का लागि ८ केजी तौल समेत बढाएका छन् ।

मंसिरको दोस्रो सातापछि छायांकनमा जान लागेको ‘कर्मा’लाई नयाँ वर्षको छेको पारेर आगामी चैत्रको २९ गते रिलिज गर्ने टार्गेट राखेर काम अगाडि बढाइएको निर्देशक चौधरीले बताए। यो फिल्मको छायांकन दाङ र रुकुममा गरिने निर्माण पक्षको दाबी छ।

यो फिल्मको छायाकंन अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भइसकेको छ। फिल्मको इन्टरनेशनल राइट्स ‘सेभेन सिज इन्टरटेन्मेन्ट’ले खरिद गरेको हो ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालले लगानी रहनेछ। फिल्ममा विपिन, उपासना र मुकुनका अलवा अन्य कलाकारहरू छनोटको चरणमा छ।

Leave A Reply

Your email address will not be published.