Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘हामी तीन भाइ’ बक्स अफिस : ९ दिनमा ६ लाख मात्रै कमाइ
- ‘राम नाम सत्य’मा आयुषको सरप्राइज भूमिका,आयुष भन्छन्–‘राम नाम सत्यपछि निरन्तर फिल्ममा काम गर्छु’
- निफमा ‘राजागंज’ सर्वोत्कृष्ट घोषित, नाजिर र सुरक्षाले जिते अवार्ड, नेपालबाट ‘गुन्यू चोलो’ले पायो अवार्ड
- चैत २७ बाट ‘सेतो धरती’ नाटक मञ्चन गरिदै,बेनिशा हमालले गर्दैछिन् अभिनय
- मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
- कार्यालय समय पालना भए नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली
- ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सकियो
- पोखरा– १२ः आमाहरूलाई आफन्तसँग नजिक राख्न स्मार्ट फोन तालिम
- वर्षौंदेखि अलपत्र परेका सडकका ठेक्का तोडिँदै
- धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए
मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
मुस्ताङ,
यहाँस्थित वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा आज दिउँसोदेखि निरन्तर हिमपात भइरहेको छ ।
मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले मुक्तिनाथ क्षेत्रमा जारी हिमपात यो सिजनकै सबैभन्दा बाक्लो भएको बताउनुभयो । “मुक्तिनाथ क्षेत्रमा यसअघि छ पटक सम्म हिउँ परेको भएपनि आज परेको हिमपात वजनदार छ, पछिल्लो तीन घण्टादेखि हिउँ परिरहेको छ,” उहाँले भन्नुभयो ।
हिमपात भएपछि मुक्तिनाथ दर्शनका लागि आएका दर्शनार्थीहरुले सास्ती पाएका छन् । रानीपौवा बसपार्कदेखि मन्दिरसम्मको यात्रा गर्न हिमपातले अवरोध पुर्याएको होटल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङले जानकारी दिनुभयो ।