काठमाडौँ :
अभिनेताद्वय अनुप विक्रम शाही र उत्तम प्रधानको प्रमुख अभिनय रहने फिल्म ‘म्याउँ’ को बन्ने भएको छ । माघे सक्रान्तीको अवसर पार्दै निर्माण टिमले फिल्मको घोषणा गरेको हो।
यस फिल्मबाट दर्पण छायाँका अभिनेता उत्तम प्रधानले कमब्याक गर्दैछन्। उनका अलवा यो फिल्ममा अनुपको मुख्य भुमिका रहने छ।
लेखन, निर्देशन तथा निर्माण जय राज रायको रहने फिल्मको प्रमुख भूमिकाको लागि अभिनेत्रीको भने टुङ्गो लागेको छैन। निर्देशक रायका अनुसार अहिले कुराकानीकै क्रममा रहेको छ।
। जय मिडिया म्यानेजमेन्टको प्रस्तुतिमा बन्ने यस फिल्ममा मानसिक रूपमा विक्षिप्त अवस्थाको ‘साइको किलर’, जसको आफ्नै समस्याग्रस्त अतीतलाई प्रस्तुत गरिने छ। उसले समाजमा देखाउने आफ्नो उपस्थिति र त्यसबाट उत्पन्न हुने परिस्थितिको कथामा यो फिल्म बन्न लागेको रायले बताए ।
दक्षिण भारतीय चलचित्र सङ्गीतका प्रख्यात एजे अलीमिर्जाक नौशाद अलीले सङ्गीत दिने यस फिल्ममा दक्षिण भारतीय चलचित्रका पार्श्व गायक गायिका साई भिग्नेश, पद्मलताले स्वर दिनेछन् । साई चर्चित फिल्म ‘कान्तारा’को गीत ’बराह रूपम’ र पद्मलता फिल्म ‘थानी ओरूभन’को ’कान्नाला कान्नाला’ गीतबाट चिनिन्छन् । दक्षिण भारतीय फिल्मकै प्रख्यात सिनेमाटोग्राफर आकाश कुमारको डिओपी रहने ‘म्याउँ’मा लक्ष्मण सुनारले एशोसियट निर्देशन तथा सम्पादन गर्नेछन् ।
यस चलचित्र चीनमा पनि रिलिज हुनेछ । जसको लागि चिनिया वितरक साउथ एसिया मेरीटाईम सिल्क रोड (फुजियान) ईन्टरनेसनल मिडिया को. लि. चलचित्रमा आबद्ध भइसकेको छ ।
जेनी खतिवडा राय, केन्द्र रेग्मी र प्रिन्स कुमार चौधरी सह निर्माता रहेको चलचित्रकी कार्यकारी निर्माता निशा खतिवडा हुन् । भुटानी चलचित्रमा अनुभव लिएका सुमन माझीको साउन्ड डिजाइन र सुदिप भण्डारीको भिएफएक्स रहनेछ । यसको विश्वव्यापी रिलिज लक्ष्य सन् २०२४ राखिएको छ ।