सुचना, समाचार र मनोरन्जन
Sarangi

 बालबालिकासँग जेष्ठ कलाकार अन्तरक्रिया कार्यक्रम सम्पन्न

पोखरा ।

महानगर बाल मञ्च पोखराको आयोजना र नगेन आर्ट एकेडेमीको समन्वयमा  बालबालिकासँग जेष्ठ कलाकार नामक अन्तरक्रिया कार्यक्रम पोखरा–४, चिप्लेढुङ्गा स्थित घामपानी मार्केटमा रहेको नगेन आर्ट एकेडेमीको हलमा सम्पन्न भयो ।

बरिष्ठ कलाकार गोपाल श्रेष्ठले निरन्तर कला सिर्जनामा लाग्यो भने सफलता पाइने बताउदै बेला बेलामा दुख आएपनि आत्तिन नहुने बताए ।

बरिष्ठ कलाकार लोक प्रसाद गुरुङ्ग (एल.पी.)ले भारतमा विद्यालयबाट नै कला विषय नै पढाईरहेको बताउदै नेपालमा कलालाई महत्व दिन नसकेकोमा गुनासो व्यक्त गरे ।  उनले भारतमा पढेको र ६ कक्षाबाट नै चित्रकला पढेको बताउदै भारतिय आर्मीमा हुँदाबाट नै चित्रकला बेचेको बताए ।

महानगर वाल मञ्च पोखराकी अध्यक्ष श्री स्वईच्छा सुवेदीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको सञ्चालन सचिव रश्मि गौतमले गरेकी थिइन् ।

तेस्रो राष्ट्रिय कला प्रदर्शनी कार्यक्रमको समुद्घाटन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले गण्डकी प्रदेशको नक्साको चित्र कोरेर गरेका थिए । प्रदर्शनी असोज २० गतेसम्म सञ्चालन रहनेछ ।

यस्तै नगेन न्युज पब्लिकेशन प्रा.ली.का अध्यक्ष ज्योती हमालले राज्यले कला शिक्षालाई महत्व नदिएको हुनाले कला विकास हुन नसकेको बताउदै पोखरामा कलाको एकेडेमी खोलेर दक्ष कलाकार उत्पादन गर्ने उद्देश्यले नगेन आर्ट एकेडेमी सञ्चालनमा ल्याइएको जनाइन् ।

हमालले कलाकारको सम्मान नभएका कारण नेपालबाट कलाकार पलायन हुने अवस्था आएको बताउदै नेपालमा न त आर्ट सेन्टर छ न त आर्ट ग्यालरी नै जसका कारण चित्रकला प्रदशनीमा समस्या भएकोले नगेन आर्ट एकेडेमीले कलाकारले सिर्जना गरेका कला अब कहाँ प्रदर्शनी गर्ने भनेर भौतारिनु नपर्ने वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरिन् ।

प्रदर्शनीमा सात प्रदेशका १४ वटा जिल्लाका १ सय ४० जना कलाकारहरुले कोरेका चित्रहरु रहेको छ ।

यस प्रदर्शनीमा ६ӿ८ ईन्च देखि ५ӿ६५ फिटको बिशाल कलाकृति रहेको र सोको मुल्य १ हजारदेखि १ करोड ५० लाखसम्म रहेको कार्यक्रम संयोजक प्रमिशा सिलवालले जानकारी दिइन् ।

यस प्रदर्शनी कार्यक्रमको सहयोगी सस्था पोखरा प्रज्ञा प्रतिष्ठान, खल्ती एप र अफिसियल मिडिया परिचय डटकम रहेको छ ।

Leave A Reply

Your email address will not be published.