सुचना, समाचार र मनोरन्जन

भदौबाट सरेर ‘नम्बरी सुन’ पुग्यो माघमा

काठमाडौँ :

राजु गिरी निर्देशित फिल्म ‘नम्बरी सुन’को रिलिज मिति सरेको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण टिमले आगामी माघ १९ गते पुर्याएको हो। यस अघि भदौ १ गते रिलिज हुने भनिएको थियो।

फिल्म युनिटले नयाँ मितिसहितको पोस्टर सार्वजनिक गर्दै फिल्म सरेको जानकारी दिएको हो । नारायण खाती प्रस्तुतकर्ता रहेको फिल्ममा गौरव पहाडी, नम्रता सापकोटा, सरोज खनाल, गौरव दर्पण, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारीलगायत कलाकारको अभिनय छ । यो फिल्मको छायांकन लमजुङको भुजुंङ खोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा गरिएको हो ।

दिव्य सुवेदीले छायांकन गरेको फिल्ममा गौतमराज खड्काको सम्पादन, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व, विनोद भुजेलको ब्याकग्राउन्ड स्कोर, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन छ ।

सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी छ। फिल्मलाई काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ।

Leave A Reply

Your email address will not be published.