सुचना, समाचार र मनोरन्जन

नाटक ‘पगला घोडा’मा अभिनेत्री मलिका महतको चार भुमिका

काठमाडौं :

अभिनेत्री मलिका महतले पहिलो पटक रंगमञ्चमा अभिनय गरिरहेकी छन्। मण्डला नाटकघरमा उनले पहिलो पटक ‘पगला घोडा’मा अभिनय गरेकी हुन्। स्कूल कलेज पढ्दको समयमा नाटक गर्दै फिल्म नगरीमा प्रवेश गरेकी मलिकाले आफुलाई अभिनयमा थप निखारता ल्याउन रंगमञ्चमा समेत पाइला चालेकी छन्।

राजधानीको मण्डला थियटरमा मञ्चन सुरु भएको नाटकमा अभिनेत्री मलिकाको सशक्त अभिनय हेर्न सकिन्छ । उनी नाटकमा चार युवतीको भुमिकामा देखिएकी छन्। उनको यो अभिनयप्रतिको लगाव हो भन्न सकिन्छ। उनी धनी युवती, नोकरानी, मृत आत्मा जस्ता पात्रको अभिनयलाई एकसाथ भुमिका निर्वाह गरिरहेकी छन्।

उनीसँगै ९ वर्षपछि रंगमञ्चमा अभिनेता प्रमोद अग्रहरी पनि फर्किएका छन्। मलिका र प्रमोदका अलवा केकी अधिकारीका भाई विम्ब अधिकारी, आशान्त शर्मा,विजय ताम्रकारले अभिनय गरिरहेका छन्। नाटकको रोचक पक्ष भनेको एउटा मसानघाटमा रक्सी पिउदा पिउदै सकिएको छ। जहाँ दर्शकले नाटक सकिएको भेउ पाउन मुस्किल छ। घनश्याम श्रेष्ठको निर्देशनमा बनेको नाटकमा भारतिय नाटककार विदल सरकारले लेखेका हुन्।

तस्विर : अशोक दुलाल

Leave A Reply

Your email address will not be published.