सुचना, समाचार र मनोरन्जन

नीता र हरिहरलाई हलमै दर्शकले मागे ‘ह्रस्व दीर्घ’को सिक्वेल

काठमाडौं :

शुक्रबारबाट प्रदर्शरत फिल्म ‘ह्रस्व दीर्घ’का मुख्यकलाकारहरु हल भिजिटमा दौडिरहेका छन्। शुक्रबारबाट नै देशभरमा उल्लेख्य मात्रामा दर्शको उपस्थिति रहेको थियो। शुक्रबार र शनिबार राम्रो दर्शक पाएपछि केहि हलहरुले शो समेत बढाएका छन्। हलमा दर्शकसँग दर्शकको प्रतिक्रिया बुझ्न पुगेका अभिनेता हरिहर अधिकारी र नीता ढुङ्गानालाई ‘ह्रस्व दीर्घ’को सिक्वेल माग गरिएको छ।

नेपाली र दक्षिण भारतीय कलाकारहरुको ‘पल्टन’ रहेको फिल्म ‘ह्रस्व दीर्घ’को भाग २ माग गरिएको हो। हलमा फिल्मको गीतमा नाचेर दर्शकहरुले रमाइलो गरिरहेका थिए। अहिले बिग मुभिज्मा भारतिय कलाकार सहित ८ बजेको नीता र हरिहर पुगेका छन्। फिल्मका मुख्य कलाकारका साथ बलिउडका प्रदीप रावत लगायतको टिम सिटी सेन्टर बिगभुमिजमा पुगेका छन्। उनीहरु दर्शकसँग साक्षात्कार गरिरहेका छन्। हिजो पनि उनीहरु हल हलमा पुगेर दर्शकसँग फिल्मको प्रतिक्रिया लिइरहेका थिए।

दर्शकको मागलाई मध्यनजर गर्दै केही हलले शनिबार मध्यरातमा समेत फिल्म चलाएको फिल्मकर्मीहरुले जानकारी दिएका छन्। काठमाडौं, नेपालगञ्ज, बुटवल, इटहरी, दमक, चितवन, धनगढी लगायतका सहरमा शनिबार फिल्मको व्यापार आक्रामक रहेको थियो ।

दर्शकले फिल्मको कथावस्तु, ट्विस्ट एन्ड टर्न, कलाकारहरुको अभिनय, द्वन्द्व, मेकिङ पक्षलाई मन पराएका छन्।

चन्द्र पन्तको निर्देशनमा तयार भएको फिल्ममा साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु विपना थापा, नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लइँटेल, आदर्श मिश्र,लक्ष्मी पौडेल लगायतका कलाकारले अभिनय गरेका छन्। भारतका कवीरलालले खिचेको यो फिल्मलाई अभिनेत्री नीता र हरिहरले नै मिलेर निर्माण गरेका हुन्।

Leave A Reply

Your email address will not be published.