काठमाडौं :
अभिनेत्री नीता ढुङ्गाना अधिकारीले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’ ५ करोड क्लबमा प्रवेश गरेको छ। निर्माणपक्षले सार्वजनिक गरेको बक्स अफिस कलेक्सनमा ५ करोडको व्यापार गरेको हो।
फिल्मले मंगलबारसम्मको कलेक्शन ४ करोड २९ लाख ग्रस कलेक्सन गरेको छ भने बुधबार देशभरका सबै जसो शोमा सुखद कमाई गरेको थियो। आजको व्यापार के कति भयो त्यो अझै सार्वजनिक गर्न बाँकी छ।
बुधबार निर्माण टिम नेपालगञ्जको हलमा पुगेका थिए। यस फिल्मका मुख्य अभिनेता प्रदीप रावत सहितको टिम नेपालगञ्ज पुगेको हो। त्यहाँको हलमा दर्शकको चाप अत्यधिक रहेको देखिन्छ। अहिले यो टिम भक्तपुरको भाटभटेनीमा रहेको हलमा दर्शक भेट्न पुगेका छन्। त्यहाँ पनि दर्शकको उल्लेखनिय उपस्थिति रहेको देखिन्छ।
आज बाहेक नै यो फिल्मले ५ करोडभन्दा माथीको व्यापार गरेको हो । यहि हिसावले हेर्ने हो भने फिल्मले एक सातामा ६ करोड भन्दा माथिको ग्रस कलेक्शन गर्ने देखिन्छ।चन्द्र पन्तको निर्देशनमा तयार भएको फिल्ममा नीता र हरिहरका अलवा प्रदीप रावत,विपना थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ। नेपाल र भारतिय कलाकारको जम्बो टिमलाई फिल्ममा देख्न सकिन्छ।